संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती पनि करीब १४ करोड रुपैयाँ अपचलन भएको सहकारी ठगीमा मुछिएकी छन्।
✍️ मनबहादुर बस्नेत (
@BasnetManbdr
) को विशेष रिपोर्ट
संक्रमितलाई बोकेर अस्पताल पुर्याउने गाउँपालिका अध्यक्ष
खोटाङको दिप्रुङ चुइचम्मा गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राई, जो पीपीई लगाएर कोरोना संक्रमितलाई आफैं अस्पताल पुर्याउँछन्।
वर्षमान पुनका कान्छा भाइ प्रनिश पुन मगर सुन तस्करीमा पक्राउ परेका दावा छिरिङको गिरोहका व्यापारिक साझेदार रहेको खुलेको छ भने पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश यो गिरोहलाई सहजीकरण गर्न खटिएको भेटिएको छ।
दक्षिण कोरियाबाट औषधि रसायन विज्ञानमा पीएचडी गरेका दीर्घराज जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा गर्न चाहन्थे। तर, त्रिविले समकक्षताका लागि झुलाएपछि विदेश गए। अहिले अमेरिकाको एनआईएचको बायोमेडिकल रिसर्च सेन्टरमा अनुसन्धाता छन्।
विस्तृत पढ्न 👉
त्रिभुवन विश्वविद्यालयको मानवशास्त्र केन्द्रीय विभागका प्रमुख डम्बर चेम्जोङले थालेको संस्थागत र शैक्षिक सुधारको कामले विश्वविद्यालयकै मुहार बदलिंदैछ।
-
@NunutaRai
भारतीयलाई नेपालमा घर–जग्गा खरीद गर्न किन दिन हुँदैन भनेर तत्कालीन प्रम बीपीले तर्क दिंदै भनेछन्, 'एउटा नदी समुद्रमा मिसिए केही फरक पर्दैन, तर समुद्र नदीमा मिसिन आए नदीको अस्तित्व के हुन्छ ?'
- भैरव रिसालको स्तम्भ- भोगेको, देखेको, सुनेको
काठमाडौंका बच्चालाई ‘तिम्रो परिवारको सदस्य संख्या कति’ भनेर सोध्दा धेरैले हजुरबुबा-हजुरआमालाई जोडेनन्। तर, जुम्लाका बच्चाले यही प्रश्नमा घरमा भात खाने जति सबैलाई जोडे। बाख्रा, कुकुर, बिरालो, गाई, बाछा समेत छुटाएनन्।
-मीनाक्षी दाहाल, शिक्षाविद्
राज्य विस्तारका क्रममा पृथ्वीनारायण शाहले गरेका भनिएका कीर्तिपुरेका नाक, कान काटेका लगायत कतिपय कुरामा सत्यभन्दा अफवाह हावी छ।
✍️ इतिहासकार ज्ञानमणि नेपालको लेख
नेपालमा खोजिएको राजनीतिकर्मी भनेकै नवीन्द्रराज जोशीजस्तै हो। एक पैसा बेइमानी गर्दैन, इमानदार छ, मिहिनेती छ, जनताप्रति पूरै समर्पित छ र मौका पाउनासाथ परिणाममुखी काम गर्ने हुटहुटी छ।
✍️ गगन थापा (
@thapagk
)काे लेख
#हिमालखबर_एक्सक्लुसिभ
पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन र पूर्व अर्थमन्त्री वर्षमान पुनका परिवारको सुन तस्करीमा संलग्न गिरोहसँग व्यापारिक साझेदारी रहेको पाइएको छ।
✍️ मनबहादुर बस्नेत (
@BasnetManbdr
) को ��िशेष रिपोर्ट
नेपाल सरकारका पूर्व सचिव किशोर थापाको अनुभवः सार्वजनिक यातायातबाट देखिने राजधानी विदेशको सार्वजनिक यातायात देखेकाहरुले यस्तो हुनुपर्छ भनेर तुलना गर्न सके पनि अधिकांश नागरिक यो देशमा यस्तै हो, भोग्नु नै छ भनेर अभ्यस्त बनिसकेको पाइन्छ ।
@Kishore_Sajha
इच्छाशक्ति र स्वस्थ शारीरिक स्थिति भए पनि हस्पिटलको उपचारविना म बाँच्थे जस्तो लाग्दैन। कोभिड-१९ लाई हल्का रुपमा नलिउँ। बेसार या अरू चलनचल्तीको उपचार पद्धतिमा भर नपरौँ।
-क्याप्टेन विजय लामा
खुद्रे मुद्दाहरू बोकेर अख्तियारले भ्रष्टाचार नियन्त्रण गरिरहेको बताए पनि प्रधानमन्त्रीको संरक्षणमा ठूला भ्रष्टाचार निरन्तर भइरहेको ट्रान्सपरेन्सी इन्टरनेशनलको आरोप छ।
नयाँ दल रोज्न मतदातामा हुटहुटी
“कांग्रेस, एमाले, माओवादी, राप्रपा सबैलाई भोट दिएर हेरियो, केही गरेनन्” पोखरेल भन्छिन्, “यसपटक विवेकशील साझा पार्टीका उम्मेदवारलाई भोट दिइन्छ, त्यसले पनि काम नगरे अर्को पटक अरूलाई रोजिन्छ ।”
भारतीय संचारमाध्यम द हिन्दूलाई परराष्ट्रमन्त्रीको अन्तरवार्ताः कालापानीबाट भारतीय सेना हट्नुपर्छ
एतिहासिक दस्तावेजले उक्त भूमि नेपालकै प्रमाणित हुने भन्दै ज्ञवालीले नेपाललाई हस्तान्तरण गरेर फिर्ता जान भारतलाई आग्रह गरेका छन्।
‘रिपोर्ट मात्रै बुझाएर खल्ती भर्ने संघसंस्थाहरूका दिन गए’ करोडौंका गाडी चढ्नेहरूले पनि पैसा तिरेर हरियो स्टिकर टाँस्ने गरेको मैले पत्ता लगाएको छु । अब त्यो स्टिकरको अनुमति दिने र टाँस्ने दुवै दण्डित हुन्छन् । (मन्त्री, लालबाबु पण्डितको अन्तर्वार्ता)
राष्ट्रपति रामचन्द्र पौडेल ६ महीनायता ४९ वटा कार्यक्रममा सहभागी भएकामा संविधान र परम्पराले अनिवार्य गरेका कार्यक्रम ६ वटा मात्र छन्। पौडेलले हेलिकोप्टरको भाडामै करोडौं सिध्याइसकेका छन्।
✍️ मनबहादुर बस्नेत (
@BasnetManbdr
) को रिपोर्ट
कलेजको पढाइ सकिएपछि शिक्षक बनेर नेपाल आएका कोलिन फिलिप स्मिथले पुतलीसँग रमाउँदा बेलायत बिर्से। यति वेला बुढ्यौलीसँगै थलिएका उनी नेपालीले पनि आफूलाई बिर्सेको महसूस गरिरहेका छन्।
✍ दुर्गा राना मगर
घर भास्ने अपार्टमेन्ट: अर्बपति व्यवसायी तथा सांसद विनोदकुमार चौधरी, व्यवसायी रविभक्त श्रेष्ठ र अमृतरत्न शाक्यको समूहले नक्शापास र ईआईए विना नै यो अपार्टमेन्ट बनाउन लागेको हो।
विस्तृत रिपोर्ट 👉
डिजिटल भुक्तानीमा आएको अभूतपूर्व फड्को तथा अर्थतन्त्रलाई पारदर्शी बनाउने आवश्यकताका कारण नेपालले क्रमशः ठूला दरका नोट चलनचल्तीबाट हटाउँदै जानुपर्छ।
✍️ रामेश्वर खनाल (
@rameshore
) को विचार:
राष्ट्रिय मानव अधिकार आयोगले १६ वर्षअघि रौतहटको गौरमा २७ जनाको ज्यान जाने गरी भएको घटनामा जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गरि मुद्दा चलाउन सिफारिश गरेको छ।
शुरु भयो चिनियाँ कार्गो रेल सेवा, नेपाललाई यस्तो लाभ
चीनको सिआनबाट साताको एक पटक नेपाललक्षित कार्गो रेल सेवा शुरु भएपछि भारतीय बन्दरगाहको सट्टा नेपालले चिनियाँ बन्दरगाहको प्रयोग गरी अन्य मुलुकसँग व्यापार गर्न सजिलो हुन्छ।
“यदि मन्त्रीज्यूले सात दिनभित्र उहाँहरू (विवरण उपलब्ध नगराउने अस्पताल)लाई कानूनी दायरामा ल्याउनुभएन भने हामी अस्पताल प्रशासन बन्द गर्न बाध्य हुनेछौँ,” मेयर साहले भनेका छन्।
देशको भलो चिताउने र पूर्व राजपरिवारको मर्यादित भविष्य चाहने हो भने पूर्व राजा ज्ञानेन्द्र शाह मैदानमा नउत्रेको बेस। एक चोटि नै धेरै भयो।
✍️ कनकमणि दीक्षित (
@KanakManiDixit
) को विचार
नेपाली टाइम्स डटकम
को सम्पादकमा साहिना श्रेष्ठ र नेपाली टाइम्स साप्ताहिकको कार्यकारी सम्पादकमा सोनिया अवालेलाई नियुक्त गरिएको प्रकाशक कुन्द दीक्षितले जानकारी दिएका छन्।
@NepaliTimes
थप सामग्री :
बीए एलएलबी पाँचौ वर्षमा अध्ययनरत समृत खरेलले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा आज आज ब���हीबार १५ मिनेट बहस गरे, आफ्नो बलशाली तर्कले सबै प्रभावित हुनेगरी।
- तुफान न्यौपाने
@tufanjee
को रिपोर्ट
“नाङ्लोमा बदाम, पानी त बेचेका थियौं, ठूलो बिराम गरेका थिएनौं,” उनी प्रश्न गर्छिन्, “देशै लुटेर खाएका त छैनौं नि! मेयरसाबले किन लखेट्न लगाएको होला, काम गरेर खान पनि नपाउनु?”
‘रहस्यमय शक्तिका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी उदाएको छ र त्यसले गृह मन्त्रालय खान थालिसकेको छ,’ खनालले लेखेका छन्, ‘त्यो पनि आम रूपमा बुर्जुवा उदारवादकै पक्षमा देखिन्छ।’
‘निजगढ विमानस्थल हाम्रो अर्थतन्त्रको गेम–चेञ्जर हुनेछ’ सबभन्दा ठूलो इकोनोमी भनेकै विमानस्थल हो । किनभने, विमानस्थल कार्गोसँगै ठूलो संख्यामा पर्यटक भित्रिने ठाउँ हो । (पर्यटन मन्त्री रवीन्द्र अधिकारीको अन्तर्वार्ता ।)
@kirannepal
@rambohara
@RabindraADH
‘ब्रेक प्याड’भित्र लुकाएर ल्याइएको सुन बरामद प्रकरणमा चिनियाँ मूलका दावा छिरिङ पक्राउ परेका छन्। दावाको साइनो पार्टी उपमहासचिव एवं सांसद वर्षमान तथा उनकी पत्नी पूर्वसभा��ुख ओन्सरी घर्तीसँग देखिएको छ। घर्तीसँग त यो गिरोहले सभामुखको कार्यकक्षमै भेटेको थियो।
७० लाखमा एप बेच्ने बर्दियाका २२ वर्षीय कर्ण
- ‘गुगल प्ले स्टोर’मा राखेका उनका एप केहीले डाउनलोड पनि गर्थे। पछिल्लो पटक बनाएको एपले त उनलाई नै चकित बनायो। “मैले बनाएको मोबाइल एप विदेशी कम्पनीले ७० लाखमा किन्यो,” कर्ण सुनाउँछन्।
✍
@MaheshworNepali
नेपाली कांग्रेसकी नेत्रीद्वय आरजु राणा देउवा र मञ्जु खाणलाई नक्कली भुटानी शरणार्थी खडा गर्ने गिरोहले पैसा बुझाएको दाबी गरिएको अडिओ सार्वजनिक गरेको भन्दै प्रेस काउन्सिल नेपालले एक अनलाइनलाई बन्द गराउन पत्र काटेको छ।
‘जनमत संग्रहले अस्थिरता निम्त्याउँछ भन्ने हो भने संविधानमा त्यस्तो प्रावधान किन राखियो?’
✍ विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र (
@RabindraMishra
) सँग मस्त केसी (
@masta_kc
) ले गरेको कुराकानी :
महाकवि लक्ष्मीप्रसाद देवकोटा मृत्यु हुनु केही घण्टा अघिमात्र कुराकानी गर्ने अवसर पाएका लेखक डम मोरेले ‘डाइङ पोएट’ शीर्षकमा लामो
निबन्ध लेखे, जसलाई इन्द्रबहादुर राईले नेपालीमा अनुवाद गरे।
- आज जुलाई १९, मोरेको जन्मदिनमा यो लेख पुनः प्रकाशन गरिएको छ।
दुइटा विश्वयुद्धमा बेलायतको पक्षमा लड्न भर्ती गरिएका ४ लाख नेपाली युवामध्ये ५० हजार जना मारिएका थिए। भारतको स्वतन्त्रता पश्चात् पाकिस्तान र चीनविरुद्धका लडाइँमा भारतीय सेनामा रहेका हजारौं नेपाली जवानले ज्यान गुमाएका छन्।
@AlishaSijapati
काे रिपाेर्ट।
भारतको सत्तालाई मित्र शक्तिका रूपमा हेर्न चाहने बीपी लगायतलाई भारतले धोका दिन सक्छ भन्ने कहिल्यै लागेन। यसबारे तब मात्र ज्ञात भयो, जब राजा त्रिभुवनलाई काठमाडौंबाट पाल्पा पुर्याउने नेपाली कांग्रेसको गोप्य योजना विफल भयो।
@BipinLAW
काे लेख
विद्यालयमा सरस्वतीको भव्य पूजा लगाएर विद्यार्थीलाई ज्ञानका लागि साधना होइन, स्तुति गर्न सिकाइरहिएको छ। धार्मिकबाहेकका शैक्षिक संस्थामा धर्मका प्रतीक राख्नु हुँदैन। यसो भन्नु कुनै धर्मको विरोध होइन।
''पहिलाे क्यान्सरले अनुहार बाङ्गो हुँदा “म त झन् राम्री भएकी छु, भित्रैदेखि राम्री ।” भनिस्याे । दोस्रो क्यान्सरले एउटा स्तन काट्नु पर्दा ‘म त अर्धनारीश्वर भएँ’ भनिस्यो । पछि त ‘क्यान्सरको बरदान’ पुस्तक नै लेखिस्यो ।''
– रुपा जाेशी
@rupajoshi
काे सम्झना
सर्वोच्च अदालतले मन्त्री भइसकेका व्यक्तिलाई राजदूत बनाउँदा शैक्षिक योग्यता आवश्यक नपर्ने गरि गरिएको निर्देशिका संशोधनलाई तत्काल कार्यान्वयन नगर्न आदेश दिएको छ।
लगातार घाटामा रहेको नेपाल विद्युत् प्राधिकरणको व्यवस्थापकीय नेतृत्व कुलमान घिसिङले सम्हालेसँगै एकाध वर्षकै बीचमा सार्वजनिक संस्थानमध्ये सबैभन्दा धेरै नाफा कमाउने संस्थाका रूपमा दरिएको छ।
‘एउटा निर्दोष मान्छेलाई हत्या गरेको दिनलाई पनि पर्वका रूपमा मनाउने! मेरा पिताजीको हत्या गरिएको दिनमा म खुशी हुनुपर्ने?’
✍️ ज्ञानेन्द्रराज आरणसँग सागर बुढाथोकीले गरेको कुराकानीः
भुइँमान्छेकी कथाकार पछिल्लो समय ‘न्यू मिडिया’ मार्फत सामान्य मानिसका कथा देखाइरहेकी विद्या चापागाईंले नेपाली पत्रकारितामा नयाँ प्रयोग गरिरहेकी छन्। by
@ramusapkota
सीआईबीले साढे ६० किलो सुन तस्करीको घटनामा राजनीतिक ‘कनेक्सन’ केलाउनुपर्ने पात्र जीवन चलाउनेलाई उम्काउँदा अनुसन्धान त प्रभावित भयो नै अनुसन्धान अधिकृतहरूलाई कारबाही भोग्नुपर्ने अवस्था निम्त्यायो।
१३ महीनाअघि बलात्कार प्रयासको आरोप लागेर सभामुखको गरिमामय पद र प्रतिष्ठा गुमाएपछि तनावमा रहेका सत्तारुढ नेकपाका सांसद कृष्णबहादुर महराले पत्नीवियोगको चोट खेप्नुपरेको छ।
७१ वर्षको उमेरमा बेपत्ता भएका डोरबहादुर विष्ट आज ४ माघबाट ९५ वर्ष लाग्छन्। मलाई पहिलो पटक कर्णाली पुर्याउने उनी नै थिए। कर्णालीलाई समृद्ध बनाइछाड्ने दृढ संकल्प बोकेका विष्ट कता हराए होलान् ?
अर्थमन्त्रीको तलब रु. १६ हजार !
-“म पेन्सनर हो, म तलब खाँदिन । तपाईहरुले तिरेको कर अर्थमन्त्रीलाई तिरेको होइन, मुलुकका लागि हो ”, अर्थमन्त्री डा. युवराज खतिवडा