जब जब मलाई एकान्तपन चाहिन्छ,
तब तब म साँझतिर फेवा जाने गर्छु,एक्लै,
यौटा विश्रामस्थल छान्छु,
जसमा कोहि नबसेको होस्
अनि हेर्छु, सुन्छु, कुरा गर्छु,
फेवा, बादल, आकाश र क्षितिजसँग।
कहिलेकाहीँ इयरफोनको लय
र किताबका पन्नामा पनि हराउँछु,
भीँडबीचको एकान्तमा।
त्यो पल आत्मिय लाग्छ धेरै।♥️