समाज र देशमा अराजकता फैलाउने ध्येयले ल्याएको हो यो विधेयक। नीति मध्यको विशिष्ट नीति “राजनीति” कसैको निजि पाप पखाल्ने थलो हुनु किमार्थ स्विकार्य छैन। separation of power र check & balance को सिद्धान्तलाई उल्लङ्घन गर्दै छ।अपराधलाई राजनीतिकरण गर्दै छ र राजनीतिलाई अपराधीकरण।
#nepal
यो अन्तिम उपलब्धि होइन, सुरुवात हो । विगत चौध महिनामा यहाँहरूले दिनुभएको साथ, सहयोग र विश्वास निम्ति अनुग्रहित छौँ । तपाईँहरूकै कारण आज प्रश्न गर्ने ठाउँबाट काम गर्ने ठाउँमा आइपुगेका छौँ ।
हामीले प्रश्न गरिरहँदा हाम्रो मूल मन्त्र थियो - प्रश्न सही भए उत्तर त्यहीँभित्र लुकेको…
आज बाट साँच्चै नै हाम्रो परीक्षा सुरु भएको छ। देशको शिक्षा क्षेत्रलाई कहाँ, कता, कुन दिशा तर्फ लैजाने भन्ने बारे धेरै नै काम गर्नुपर्नेछ। जति हामीलाई काम गर्ने उत्सुकता छ, त्यति नै हामीलाई यहाँको निरन्तर साथ को पनि आवश्यकता पर्नेछ।
सधैँ जनता माझ हुने हाम्रो प्राथमिकता हिजो एउटा…
नयाँ वर्ष, नयाँ दशक
नयाँ आशा, नयाँ उत्साह...
नयाँ वर्ष २०८१ को शुभ अवसरमा सबैजनालाई हार्दिक शुभकामना। यो दशक गुणस्तरीय शिक्षा र विज्ञान-प्रविधिको क्षेत्रमा केन्द्रित हुने दशक हो।
नयाँ उत्साह र ऊर्जासहित यो वर्ष हामी नयाँ प्रण गरौँ। हाम्रो सामुदायिक शिक्षा गुणस्तरीय बनाउन…
आज हामीले भ्रष्टाचार निवारण (पहलो संशोधन) विधेयक, २०७६ मा संशोधन बुझाएका छौ।
हामीले बुझाएका संशोधनहरु यहाँले हाम्रो वेबसाईटमा पनि हेर्न सक्नुहुन्छ। म केही भिडियो श्रिङ्खला मार्फत हाम्रो संशोधनहरुको छलफल प्रक्रियाबारे यहाँहरुलाई बुझाउने प्रयास पनि गर्नेछु।
शिक्षा मन्त्रालयमा वा मातहतका निकायहरूमा मेरो नाम लिएर वा पार्टीको मार्फत, कर्मचारीको मार्फत वा कुनै पनि साइनो लाएर कुनै पनि किसिमको अनुचित नियुक्ति वा अनावश्यक सरुवा बढुवाको लागि ‘सोर्स फोर्स’ लाउन कसैले खोज्छ भने उसको मूल्याङ्कनमा ०.५ नम्बर घटाइनेछ। ‘सोर्स फोर्स’ वा बार्गेनिङको…
जेहेन्दार बालबालिकाहरुलाई छात्रवृत्ति कार्यक्रम अन्तर्गत आवासीय रुपमा नि:शुल्क वा सहुलियत शुल्कमा बुढानिलकण्ठ स्कुलमा पढ्न अब चैत्र २९मा बिहान ११ बजे परिक्षा सन्चालन हुदै छ । सबै माझ जानकारी पुर्याइदिनु होला है ।
प्रतिपक्षमा हुँदा एउटा कुरा र मन्त्री हुँदा अर्को , यो मैले जानेको छैन । राजनीतिमा लाग्नु अघि पनि सांसदले सडकमा होस्, सदनमा होस् वा सरकारमा हुँदा होस् एउटै बोली बोल्न पर्छ भन्ने मान्यतामा दृढ छु । हिजो प्रतिनिधिसभाको सदस्यको रूपमा र आज शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको रूपमा…
म आज जहाँ छु शिक्षाकै कारण छु। शिक्षाले मात्रै चेतना ल्याउँछ र चेतनाले मात्रै समाज बनाउने हो। सफलताको सपना शिक्षाले देखाउने हो। अहिले विद्यालयहरूमा नयाँ भर्ना खुलेको छ। मन्त्रालयले विद्यार्थी भर्ना गर्न र विद्यालयमा टिकाउन थुप्रै कार्यक्रमहरू सञ्चालन गर्दै छ।
बालबालिकाहरूलाई…
नक्क्ली भुटानी शरणार्थी प्रकरणप्रति सदन र सरकारलाई उत्तरदायी बनाउन आवश्यक निर्देशन दिन आज मैले संकल्प प्रस्ताव दर्ता गराएकी छु।
भ्रष्टाचार (घुस, सरकारी कागजात किर्ते, नीतिगत भ्रष्टाचार), सङ्गठित अपराध (मानव तस्करी) र राष्ट्रद्रोह – विषयान्तर गर्न दिने छैनौँ।
अत्ति भो!
#Nepal
महावीर जी को अभियानमा ऐक्यबद्दता जनाउनु हुने सबैलाई धेरै धन्यवाद।तर नास्ट (NAST) तथा अन्य विश्वविद्यालयहरुमा राजनैतिक नियुक्ति कहिले सम्म गर्ने?परावर्तनमा गर्नु पर्ने लगानी कहिले सम्म प्रशासनिक खर्च गर्ने? महावीर पुन जस्ता इमान्दार व्यक्तिहरु लाई काम गर्ने वाताव���णको सिर्जना गरौँ।
विद्यार्थीहरुले लामो समयदेखि उठाँउदै आएको माग पुरा भएको छ! अब त्रिविको स्नातक तहका प्रश्नपत्रहरु अङ्ग्रेजी र नेपाली दुवै भाषामा!
त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अङ्ग्रेजी र नेपाली दुवै भाषामा…
आज मेरी प्यारी माँ (हजुरआमा)को १३ दिनको पितृ उद्धार (शुद्धशान्ति)को काम सनातन परम्परा अनुसार सम्पन्न भएको छ। माँको आत्माले यो समय चक्रबाट मुक्ति पाओस् र आत्माले चीर शान्ति प्राप्त गरोस्।
माँले मलाई अक्षर चिनाएर शिक्षाको बाटो देखाउनुभयो र उहाँकै आशीर्वाद लिएर सधैँ म यो…
अहिले शुक्रबार, बेलुकाको ८ बजेको छ। "खाद्य स्वच्छता तथा गुणस्तर सम्बन्धी कानूनलाई संशोधन एकीकरण गर्न बनेको" विधेयकमा संशोधन प्रस्तावका लागि हामी सचिवालयमा तयारी गर्दै छौँ।
७२ घण्टामा हामी जतिसक्दो स्वअध्ययन र विशेषज्ञ परामर्श गरेर भोलि साँझ ४ बजेसम्म संसद सचिवालयमा बुझाउनेछौँ।
आजको सदनले संसदीय कार्यतालिकालाई प्रतिनिधि सभा नियमावली २०७९ मा अनिवार्य बनाउन अस्वीकृत गरेको छ। सरकारी कार्यालयमा टाईम-कार्ड लागु गरेर जनतालाई सेवा दिन्छु भन्ने सदन आफ्नै कार्यतालिका बनाएर अघि बढ्न तल्लीन छैन।
#RSP
#ghanti
#Nepal
थकाउने काम कति गर्नुहुन्छ ? कति पटक त्यही कुरा भट्याइरहोस् जस्तो लाग्छ ? जति पटक भन्नु परे पनि भन्छु ! अनि आज त्रिविको उपकुलपतिको बारेमा कुरा गर्नुपर्यो भन्ने बित्तिकै उठेर जानु भएका - मार्मिक भाषण दिन खप्पिस सांसद्हरूले पनि सुन्नुहोस् भन्ने कामना गर्दछु ।
साथीहरू पनि दलीय शिक्षक संगठन र शिक्षकहरू राजनीतिक दलमा रहने अवस्थाको अन्त्य हुनु पर्छ भन्नेमा थाहा पाएर खुसी लाग्यो । हामीहरू सबै सहमत छौँ भने पछि यसमा विवाद हुनु पर्ने जस्तो केहि पनि नहुनु पर्ने हो । बरू राजनीतिक दलहरूले शिक्षालयमा बनाएका शिक्षकका दलीय संगठन र शिक्षकहरूको आफ्नो…
भ्रष्टाचारका मुद्दा हेर्ने दुई मुख्या पात्रः अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख र प्रधानन्यायधिशको नियुक्ति गर्ने संवैधानिक परिषद्को निर्णायक अधिकार संसदीय सुनुवाई समितिसँग छ। यस्तो महत्वपूर्ण समिति पनि राजनैतिक भागबन्डामा नै गर्ने हो भने - शक्ति पृथकीकरण कसरी कायम होला त?
संसदीय विकास कोषको विरोध गरौ, हामीले सदनमा गरेका छौं, तपाईको पालो तपाईको सांसद, तपाईको पार्टीलाई कल गर्ने - भन्नुहोस् कि तपाईं यो कोषसँग असहमत हुनुहुन्छ। फोन नम्बरहरूको लागि
आज राष्ट्रिय स्वतन्त्र पार्टीको सहमहामन्त्री पदमा मनोनित भएकोमा गौरवान्वित भएकीछु। थपिएको जिम्मेवारीले झनै कर्तव्यबोध गराएको छ। जनताको आवाज बन्न सकूँ र उहाँहरूको भरोसा र अपेक्षामा खरो उत्रिन सकूँ भनी हरप्रयत्न गर्नेछु । यहाँहरूको सहयोग र साथको सधैंझै अपेक्षा राख्दै, सबैमा आभार ।
आज पारिवारिक शोकको खबर यहाँहरूलाई अवगत गराउदैछु। मेरी प्यारी माँ(हजुरआमा) को ९३ वर्ष उमेरमा हिजो बेलुकी करिब ८ बजे तिर दुःखद निधन भयो। गएको एक हप्ता देखि माँ कै स्याहारमा व्यस्त थिएँ । अब केही दिन पछि काममा फर्किने छु। माँको आत्माले यो समय चक्रबाट मुक्ति पाओस् भनी यहाँहरू सबैले…
सुझाव दिनुहोस् है !
विद्यालयको स्थापना, सञ्चालन तथा व्यवस्थापनका आधारभुत विषयमा एकरुपता र स्तरीयता कायम गर्न मन्त्रालयले बनाउन लागेको ‘विद्यालय स्थापना, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी मापदण्ड, २०८०’ को मस्यौदा सबै सरोकारवालाको सुझावको लागि सार्वजनिक गरिएको छ। कमेन्टमा राखिएको…
✨नेपाली नयाँ वर्ष २०८०को हार्दिक शुभकामना! आगामी दिनहरु नयाँ आशा, नयाँ उत्साह, नयाँ संघर्ष र नयाँ सफलताहरुको सुरुवात बनोस्। यो नयाँ वर्ष सबैको लागि खुशी, समृद्धि, शान्ति र स्वास्थ्यले भरीपूर्ण होओस्।✨
#Nepal
आउनुहोस्, अब "सम्पत्ति शुद्दिकरण (मनी लाउन्डरीङ्ग) निवार�� तथा व्यावसायिक वातवरण प्रवद्धधन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक" माथि हाम्रो 'विधेयक मन्थन'बाट जोडिनुहोस्।
फारममा आफ्ना संशोधन सुझाव फाल्गुन ११ गते, बिहिबार १० बजे सम्म बुझाउनु होलाः
हामीले हिजो अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ मा संशोधनहरु बुझाएका छौँ।
हामीले बुझाएक संशोधन, यहाँहरुले बुझाउनु भएका सुझावहरु र सो सुझावमा हाम्रो प्रतिक्रियाहरु - सबै हाम्रो वेबसाईटमा उपलब्ध गराएका छौँ।
#Nepal
#RSP
#ghanti
अब परीक्षा केन्द्रहरू स्वचालित विधिबाट तोकिनेः
पहिलो चरणमा काठमाडौंमा कक्षा १२ को परीक्षामा लागु
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौँ जिल्लाका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित…
"हामीले सुधार र सुशासनको ठूल्ठूला बाचा गरेका छौँ। त्यसको सुरुवात यस गरिमामय सदनबाटै गरौँ। एउटा संसदीय क्यालेन्डर बनाऔँ, प्राथमिकता निर्धारण गरौँ र त्यसलाई दरिलो राजनीतिक इच्छा शक्तिका साथ कडाइपूर्वक पालना गरेर अघि बढौँ।"
आजको सदनमा मेरो वक्तव्य ।
NOC लिन विद्यार्थीहरुलाई कति दुःख दिएर व्यवहार अपमानजनक गरेको? यो हुँदै भएन। कैयौँ विद्यालयहरुमा उपकूलपति छैनन्।
कूलपति प्रम छन्। कार्यकारी पद सजावटी भैसक्यो। विश्वविद्यालयको राजनीतिकरण कहिले बन्द गर्ने?
नेपालमा पढ्ने विद्यार्थीलाई पनि सास्ती, बाहिर जान्छु भन्नेलाई पनि सास्ती?
'अख्तियार दुरुपयोग अनसुन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक' हिजो पेश भएको छ। भ्रष्टाचार निवारण गर्न अख्तियारलाई कसरी सशक्त बनाउन सकिन्छ?
यहाँहरुको सल्लाह र सुझावको आवश्यकता छ। कृपया यो लिङ्कमा आफ्न संशोधन प्रस्तावहरू राखिदिनु होलाः
दिउसोको खाजाको स्तरले शैक्षिक स्तर उकास्नमा ठूलो भूमिका खेल्छ भनेर अनुसन्धानले देखाएको छ । हरि ढकालजीले ७ घण्टा हिडेर यो स्कुल पुग्नुभएको हो सलाम छ वहाँलाई । कसैलाई यो स्टन्टबाजी लाग्छ भने यस्तो स्टन्टबाजी सबैले गरौँ, दूरदराजका यस्ता स्कुलहरू सबैमा पुगौं र विद्यार्थीको हकको लागि+
आजदेखि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सुरेश अधिकारी अनिवार्य अवकाश हुनुभएको छ। शिक्षा मन्त्रालयमा आएदेखि तपाईँले गर्नुभएको साथ, सहयोग र तपाईँको ३६ वर्षे निजामती सेवाका लागि धेरै धेरै धन्यवाद।
सचिवज्यू, तपाईँको सेवानिवृत्त जीवन सुखमय बितोस् भन्ने कामना गर्दछु।
संसद जनताको हो । यो आधार हो। यो बिना सरकार छैन, कर छैन, केहि छैन। धेरै लामो समयदेखि पर्दा पछाडि वार्ता गरिरहनुभएको छ। भ्रष्टाचार लुकाउन र भ्रष्टाचारीलाई जोगाउन जनतालाई भ्रममा पार्न धेरै आयोगहरू प्रयोग भएका छन्। जनताका लागि संसद खोल्नु पर्छ ।
'शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि' संसदीय समितिको सदस्यताका साथै मलाई रास्वपाको दुई केन्द्रीय विभागका अध्यक्षको जिम्मेवारी पनि सुम्पिइएको छ – 'शिक्षा विभाग' र 'विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभाग'।
यी भुमिका निर्वाह गर्न मलाई विशेषज्ञहरूको खाँचो छ।
Point of departure - in Nepali politics.
@SwarnimWagle
यात्रा बल्ल शुरु भयो तर अहिले नै ठूलो सन्देश दिनु भयो - पोलिटिकल पार्टीको cultural shift को लागि external catalyst । योग्य जनशक्ति जताततै छ - समयमै अवसर पाउनु पर्यो । साथै, योग्यको बदलिंदो परिभाषा पनि अनुस��ण गर्नु पर्यो ।
अहिले बाल मन्दिरको र ललितकलाको स्वामित्वमा रहेको जम्मा जम्मी ५७ रोपनी जग्गा कसले भोग चलन गरिरहेको छ ? कसको हितमा प्रयोग हुदैछ? अनाथ बालबालिकको लागि कि कौडीको भाउमा बाहालमा लिएर व्यवसाय चलाउने नाम कहिलिएका व्यक्तित्व र व्यवसायिक घरानाहरूको हितमा? आजको सदनमा ध्यानाकर्षणको पूर्णपाठ:
गलत गलत गलत निर्णय। सांसदको काम के हो अर्थमन्त्री ज्यु? किन भौतिक प्रोजेक्टको मैनेजर बनाउन खोज्नू भएको? किन स्थानीय सरकारको कार्य गर भन्ने। किन चुनाव लक्षित बजेट? नीतिगत भ्रष्टाचार लाग्छ।
आगामी वर्षको नीति तथा कार्यक्रमको अध्ययनको लागि जम्मा बीस घण्टाको समय दिएता पनि, जति सक्दो अध्ययन गरेर मैले हिजो समय सीमा मा अडिएर ठिक १ः५५मा संशोधनहरु हातैले लेखेर बुझाएँ। मैले राखेका २०-बुँदे संशोधन र त्यसका कारणहरु यी भिडियो मार्फत यहाँलाई अवगत गराउन चाहेँ।
#Nepal
#budget
सांसद भएपछि मैले मेरो टिमलाई म जहिले मेरो हाजिरीको फोटो पठाउँछु भनेकी थिएँ। बायोमेट्रिक नभएको खण्डमा मेरो टिमले मलाई जवाफदेही बनाउने अवस्था थिएन।आजबाट संघिय संसद सचिवालयले बायोमेट्रिक हाजिरी लागू गरेको छ।सानो जीत।
अब भने रियल-टाइममा सांसदको सदनमा हाजिरीको तथ्याङ्क माग गर्नुपर्छ।
Dear UN member states,
Please vote for Dr. Shambhu Acharya to lead the global health indicators for our region for the regional director for south-east Asia region this October. You vote for the health of your citizens, a trusted global health expert with over 30 years of exp.
अपराधलाई पखाल्ने गंगाजलको रुपमा राजनीतिलाई अपराधीकरण गर्ने, शक्ति पृथकिकरणको विरुद्ध ल्याइएको यो विधेयक हिजो संसदमा पेश भएको छ। के यसैका लागि जनताले हामीलाई मत दिएर पठाएको हो? म जनतालाई सोध्न चाहन्छु, के गुण्डागर्दीको संरक्षणका लागि पठाउनु भएको हो? सोध्नुस् आफ्ना जनप्रतिनिधिलाई!
स्वागत छ सचिवज्यू।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका नवनियुक्त सचिव (शिक्षा) डा. दीपक काफ्लेज्यूलाई स्वागत छ।
सचिवज्यूसँग शैक्षिक क्षेत्रमा सुधारका समग्र विषयमा राम्रो छलफल भयो। उहाँको अनुभवी प्रशासनिक नेतृत्वमा मन्त्रालयले सकारात्मक गति लिने कुरामा म विश्वस्त छु।…
सभामुख मार्फत सबै सांसदहरूलाई मेरो प्रश्नः तपाईँहरू कै पार्टीका मेयर छन्, उप-मेयर छन्; प्रदेश सरकारमा यहाँहरू कै प्रतिनिधिहरू हुनुहुन्छ। कुन कानून नभएकाले चाँही मिटरब्याजीका पीडितहरुलाई न्याय दिन नसकेको हो?
सम्पत्ति शुद्धिकरण 'निवारण' सम्बन्धी विधेयक भन्दा पनि सम्पत्ति शुद्धिकरण 'प्रवर्द्धन' विधेयक भने पनि हुन्छ।
विधेयकको दफा ११ (मूल ऐनको दफा २८को संशोधन) हेर्ने हो भने यहाहरु सबैलाई स्पष्ट हुन्छ यो विधेयक भ्रष्टाचारीहरुलाई प्रशय दिन ल्याईएको हो । अझ भ्रष्टाचारीको राज चलाउन कानुन…
३ मिनेटमा ८१ वटा ऐन संशोधन गर्ने बनेको विधेयकमा सैद्धान्तिक छलफल ��े कर्मकाण्डी मात्रै भएन र? त्यस पछि ७२ घण्टा संशोधनका लागि। विश्वासघात गरिँदै छ जनताको मतलाई; विश्वासघात गरिँदै छ देशका महत्वपूर्ण मुद्दाहरु माथि - रबर स्ट्याम्प बनाईँदैछ सदनलाई।
यदी तपाईँ फेसबुक, इन्स्टाग्राम, टिकटकक��� माध्यमबाट आफ्नो सामान बेच्नुहुन्छ, कुनै सरसुविधा प्रदान गर्नुहुन्छ, वा कुनै कन्टेन्ट बनाएर आमदानी गर्नुहुन्छ र यो विद्युतीय व्यापार सम्बन्धी विधेयकमा आफ्ना राय राख्न चाहनुहुन्छ भने, कृपया यो फारम भर्नुहोला र हामीसँग छलफलमा जोडिनु होला।
जुन कुरा नेपालकै प्रविधिका कम्पनीहरुले बनाउन सक्छन्, त्यस्ता सफ्टवेयरहरु नेपालीलाई नै बनाउने मौका दिनुपर्छ! नेपालको टेक-ट्यालेन्ट नेपाल कै प्रविधि विकासका लागि कसरी प्रयोग गर्न सकिन्छ? अब पनि यस बारे नसोच्ने हो भने हामीले नेपालको प्राविधिक विकासलाई तीव्र गतिमा लान सक्नेछैनौं।
हाम्रो देशको शिक्षा नीति के हो? लाखौं लाख विद्यार्थी अध्ययन गर्ने विश्वविद्यालयको उपकुलपतिको पदको छनौटमा गम्भीरता खै? देशको भविष्यको सवालमा पनि यहिको उच्च पदाधिकारीहरुको कार्यसम्पादन? प्रधानमन्त्री ज्यूको कार्यसम्पादन यही हो? शिक्षा मन्त्रीज्यूको कार्यसम्पादन यही हो?
मम गर्नु…
आर्थिक विधेयकको दफावार छलफलमा भाग लिँदै आफ्ना धारणा व्यक्त गरेँ । यो विधेयक वास्तवमा गरीब जनताका लागि बनेकै हैन ।
Vape र e-ciggarettes मा भन्सार दर माफी तर सिसाकलम तिखार्ने(पेन्सिल sharpener) मा दश प्रतिशत (१०%) राख्ने यो कस्तो देश हो ?
आजको सदनमा गृह मन्त्रीलाई मेरा चार प्रश्नका विषयहरुः
१) मिटरब्याजीका लागि कानून कहिले बनाउने?
२) मिटरब्याजी सम्बन्धी गृह मन्त्रालयको कार्य सम्पादनको मूल्याङ्कन
३) आत्महत्या रोकथामका लागि हटलाईन
४) डढेलो र ��िपद् जोखिम न्यूनीकरण व्यवस्थापन
१) आधिकारिक रुपमा संसद सुचारु गरिदिनु हुन सभामुखज्युमा अनुरोध गर्यौं।
२) संसद अबरुद्ध भएको दिनको तलब/ भत्ता/ सुबिधा फिर्ता गर्ने ब्यवस्था मिलाइदिन हुन अनुरोध गर्यौं।
आईटी सेवा निर्यातबाटै वार्षिक ६७ अर्ब आम्दानी हुने गरेको हिजो प्रकाशित रिपोर्टले बताएको छ। यस्तो परिपेक्षमा सरकारको भूमिका अब के हुनुपर्छ?
आईटीलाई अझै फस्टाउने उर्वर भूमिको सिर्जना गर्न अब भनेको हामीले हाम्रो आईटी शिक्षाको पद्दतिमा परिवर्तन ल्याउनु आवश्यक देख्दछु।
आफ्नो काम कसैले नगर्नु पनि भ्रष्टाचार हो।
जबसम्म कर्मचारीले राजनैतिक सुरक्षा पाउँछन् तब सम्म जतिसुकै भ्रष्टाचार निवारणका कुरा गरे पनि बालुवामा पानी हाले सरह हुनेछ।आफु भित्र पनि हेरौँ र आफ्नो पार्टी भित्र पनि हेरौँ।
1/2
त्रिभुवन विश्वविद्यालय सेवा आयोगको पद रिक्त हुँदा लामो समयदेखि काम अवरुद्ध भएको थियो। अहिले नाम सिफारिस गर्न गठित छनोट तथा सिफारिस समिति बनेको छ र सोही समितिले ‘त्रिभुवन विश्वविद्यालयको सेवा आयोगको सदस्य सिफारिससम्बन्धी कार्यविधि, २०८० बमोजिम बनाएर दरखास्त आह्वान गरेको छ।…
आज बैङ्किङ्ग कसुर तथा सजाय ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयक, २०८० सदनमा पेश हुनेछ। हामीले जनताबाट यसबारे संशोधन संकलनको प्रक्रिया जारी राख्दै, आफ्ना संशोधनहरु हामीलाई यो गुगल फारम मार्फत सोमबार सम्म पठाईदिनुहुन अनुरोध गर्दछु।
संशोधन बुझाउने फारम र विधेयकको पूर्णपाठः…
हामीले संसदमा सुशासनका लागि पाँच प्रस्ताव पेश गरेका थियौँ। सार्वभौम संसद्को उत्पादकत्व, जवाफदेहिता, पारदर्शिता र निश्चित समय तालिकासँग सम्बन्धित हाम्रो प्रयास आंशिक रूपमा सफल भयो।
सहयोग र सद्भावका लागि तपाईँहरूप्रति अनुगृहीत छौँ। हाम्रो प्रयासको पूर्ण विवरण निम्नानुसार रहेको छ।
बजेटको अधिवेशन भोली बाट सुरु हुँदै छ। समय अत्यन्तै थोरै छ - तर सकेसम्म अहिलेसम्मको शिक्षा र सूचना मन्त्रालयको बजेट हेर्न यहाँहरुको सहयोगको माग र अपेक्षा गर्दै छु। शिक्षा, र सूचना संचार मन्त्रालयहरुको र महालेखाको प्रतिवेदनहरु अध्ययन गर्नुहोला र हामीलाई समीक्षाहरु पठाउनु होला।
1/2
हामीले सरकारको राजस्व मात्र बढाउने कुरा गरीरहेका छौ, नीजि क्षेत्रको राजस्व बढाउन कस्तो खालको कार्यक्रम तथा नीति ल्याउछौँ? त्यो पनि सोच्न आवश्यक छ। नीजि क्षेत्रको राजस्व बढे मात्र सरकारको राजस्व बढ्न सम्भव छ।
आजको सदनमा अर्थ मन्त्रीलाई मेरा पाँच प्रश्नः
अर्थमन्त्री बिना बजेटका सिद्धान्त र प्रथमिकताको कुरा गर्नुको कुनै अर्थ छैन। जवाफदेहिता अपरिहार्य छ! कर्मकान्डी बजेटका छलफल हुन दिनुहुँदैन। यसकारण आज मैले हाम्रो प्रतिनिधि सभा नियमावली दफा ६(५) सम्झाउँदै नियमापत्ति गरेँ। अर्थ मन्त्रीलाई फर्काएरै छाड्यौँ।
यदि खाद्यवस्तुको मूल्य १० प्रतिशतले बढ्यो भने गरिबी ४ प्रतिशतले बढ्छ। खाद्यवस्तुमा १ प्रतिशत मूल्य बढ्यो भने १ लाख मान्छेहरू गरिबीको रेखामुनि जानेछन् र १ लाख ८० हजार खाद्य-गरिब (food poor) हुनेछन्। सरकारको दया माया हैन, सामाजिक न्याय चाहिएको छ। के गरेको यो सरकारले?
हाम्रो बजेटको सिद्धान्त र बजेट बनाउने शैलीमा प्रणालीगत विफलता (systematic failure) नै भएको छ - न बजेटको सिद्धान्तमा संस्थागत स्मरण (Institutional memory) गर्ने प्रचलन छ, न तीन तहका सरकारबीच न मन्त्रालयहरूबीच समन्वयन छ, न त बजेटमा सफलता र उपलब्धीको मापन वा मुल्यांकन नै।
1/2
अब बजेटको बारे छलफल आइतबारबाट सुरु हुँदै छ। त्यसका लागि यहाँहरुले पनि बजेट हेर्नुहोला। यो बजेट कसरी विनीयोजन हुन्छ भन्ने कुरा आफ्नो स्थानीय तहमा पनि ध्यान दिनुहोला। हामी नीरन्तर यसमा लागि नै रहने छौँ। यसकारण यहाँहरुको सतर्कता र निरीक्षण आवश्यक छ।
सम्पत्ति शुद्धिकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७९ मा हामीले ६-बुँदे संशोधन प्रस्ताव बुझाएका छौँ। जनताबाट आएका सुझावका लागि धेरै धन्यवाद।
हाम्रा संशोधन, जनताले बुझाएका सुझाव र हाम्रा प्रतिक्रिया सबै यहाँ हेर्न सक्नुहुन्छः
कानुनको मस्यौदाहरू पेश गर्ने मन्त्रालयहरूबाट भएको देख्दा अचम्म लागिरहेको छ। किनभने कानुन त जनप्रतिनिधि ले बनाउनु पर्ने हो, सदनले बनाउनु पर्ने हो। सदनलाई त ७२ घण्टा संशोधन पेश गर्ने मात्र समय दिईन्छ र ऐन बनाउँदा हुनुपर्ने छलफल पनि अपुग भएको महसुस भईरहेको छ।
सुधारका क्षेत्रः
“नेपालबाट रातो पासपोर्ट प्रयोग गरेर विदेश जाने जो कोही सार्वजनिक पद धारण गरेका व्यक्तिले भ्रमण सम्पन्न गरेर फर्किएपछि त्यसको उपलब्धि र सिकेका पाठ सार्वजनिक गर्ने परिपाटी स्थापना गरौं ।
मेरा केही सिकाई G-CAP बाट।
अल्पमतमा भए पनि आफुलाई लागेका कुराहरुमा अडिग रहनुपर्छ। मैले संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावलीमा राखेका संशोधन फिर्ता लिईनँ। परराष्ट्र नीति संस्थागत गर्ने, दबाब, प्रभाव र प्रलोभनमा नियुक्तिको चलन हटाउने र उजुरीका छानबिनमा पारदर्शीताको माग - सबै अस्वीकार भए।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरू आउँदै हुनुहुन्छ। हामीले त्रिविका बारे भूतपूर्व तथा अध्ययनरत विद्यार्थीलाई आफ्ना अनुभवहरू यहाँ व्यक्त गर्न आह्वान गर्दछौँ।
Link:
हामी कानुन कमजोर भएर ग्रे लिस्टमा पार्न लागेको हो कि कार्यान्वयन कमजोर भएर? पेश भएको यो विधेयकको एक प्रावधान सर्वोच्च अदालतले २०६७मा स्थापित नजिरको विरुद्ध गएको हो कि? स्रोत खुलाउन नसकेको सम्पतिमा कर लिनु भनेको के हो? हाम्रो कमी कमजोरी बारेमा बनाएको रिपोर्ट किन सार्वजनिक छैन? 1/2
हामीसँग दशकौँ वर्ष पुराना कानुन कुन कुन छन् ? समय सान्दर्भिक नरहेका परिवर्तन गर्नुपर्ने कानुन कतिवटा छ ? सरकारसँग सूची माग्दा पनि थाहा छैन ।
यो बृहत् अध्ययन गर्न हामीलाई जुन स्रोत र जनशक्ति चाहिन्छ, त्यो पनि छैन । क्रमशः पार्टी बृहत हुँदै जाँदा सुधारका सबै पाटोलाई समेट्नेछौँ ।
सरकारका प्राथमिकता के हुन्?
नैतिक प्रहरी बन्ने की संसदीय समितिहरूको बैठक तय गर्ने? भ्रष्टाचार काण्डको यो निर्णायक समयमा यो विचलित गर्ने रणनीति किन प्रयोग गरिएको छ?
समय निकै भएकैले होला टिसर्ट र जिन्समा अड्किनु भएको।
#Nepal
#RSP
#ghanti
सन्दिप लामिछानेको मुद्दा -त्यो कहिलेसम्म छिनोफानो गर्छौँ? न्यायमा ढिला सुस्तीका कारण पीडितकाे सुरक्षा र मनाेसामाजिक अवस्था झनै कमजोर भईरहेको छ। यतिका समय लाग्ने हो भने आरोपितको नाम किन सार्वजनिक गरियो? एउटा बलात्कार आरोपितलाई राष्ट्रको प्रतिनिधि बनाउन हाम्रो नैतिकताले कसरी दियो?
हामीले नेपाल मेडिकल काउन्सिलमा तीन महत्त्वपूर्ण प्रश्नहरु सोधेका छौंः
१) लिङ्गभेदी भ्रुण हत्या बारे
२) अस्पतालहरूमा बिरामीको मृत्यु पश्चात कारण खोज्ने बारे प्रकृया बारे
३) बिरामी पक्ष र स्वास्थ्यसंस्थाबीच विवाद हुँदा कथित लापरवाही(malpractice) हो/होइन भनेर निर्क्यौल गर्ने बारे
आत्महत्या न समाधान हो, न बहादुरी हो, न त कायरता नै हो ।
आत्माहत्याको विचार आएमा Suicide Prevention hotline ११६६ मा फोन गर्नुहोस् अथवा आफ्नु नजिकको साथी, परिवारलाई थाहा दिनुहोस ।
परीक्षा केन्द्र स्वचालित बनाउने स्कृप्ट मन्त्रालयकै Github अकाउन्ट बनाएर स्वामित्व हस्तान्तन्तरण गरेका छौं। प्रविधिको प्रयोगले सजिलै समाधान गर्न सकिने यस्ता साना ठूला समस्याहरू हामीलाई आइरहन्छन्, सूचना प्रविधि क्षेत्रमा हामीसँग विश्व बजारमै प्रतिस्पर्धा गर्ने जनशक्ति छन्,…
अब बल्ल सांसदहरुले बौद्धिक चोरीका बारे गम्भीर रुपमा लिन थाल्नुभएको छ। 'उपकुलपति'को पद रिक्त हुनु अगावै देखि नै पदपूर्तिका लागि प्रक्रिया अगाडि बढाउनुपर्छ भनेर बारम्बार भनिरहदा पनि सुनुवाई भएन। सर्टलिस्ट भएका उम्मेद्द्वार कोही बौद्धिक चोरीका आरोपित छन् त कोही भ्रष्टाचारका छनबिनमा…
यदि तपाईँले नेपालका सडकहरूमा यात्रा गर्नुभएको छ भने, उपडखापड सडकमा धुलाम्मे गाडी नै सब भन्दा पहिले याद आउँछ होला। यात्रा काठमाडौँमा होस् वा विराटनगरमा होस् वा बुटवलमा होस् वा कर्णालीमा होस्, गन्तव्यको छापभन्दा यात्राका अवरोधहरू हामीलाई बढी याद हुन्छन्। यात्रामा हामीले समस्या…
भाग नपाए मात्र भागबण्डाको विरोध ?
प्रधानमन्त्री-शिक्षामन्त्री नै विश्वविद्यालयको कुलपति/सह-कुलपति हुने व्यवस्था यथावत छ! भागबण्डामा नियुक्ति हुँदै गर्दा त्रिविको १६ अर्ब बेरुजु छ - यसमा नजर पर्दैन। छनौट मापदण्डका समस्या र अस्पष्टताबारे यत्रो आवाज उठाउदा चुप बस्ने। वर्षौँदेखि…
थकाउने काम कति गर्नुहुन्छ ? कति पटक त्यही कुरा भट्याइरहोस् जस्तो लाग्छ ? जति पटक भन्नु परे पनि भन्छु ! अनि आज त्रिविको उपकुलपतिको बारेमा कुरा गर्नुपर्यो भन्ने बित्तिकै उठेर जानु भएका - मार्मिक भाषण दिन खप्पिस सांसद्हरूले पनि सुन्नुहोस् भन्ने कामना गर्दछु ।
त्रिवि उपकुलपतिमा भागबन्डा नगर्ने, स्वच्छ छविको योग्य व्यक्ति नियुक्ति गर्ने प्रतिबद्धता देशको सर्वोच्च पद भनिनेहरूमा आसिनहरूबाट सुनियो । ठूला, साना, युवा, झन् युवा सबै नेतागणबाट पनि यस्तै आदर्शको भाषण सुनियो । अनि आज सर्टलिस्ट भएकाहरूको नाम देख्छु - वाह !!! अझ निमित्तले नियुक्ति…
एक वर्ष लाग्यो, तर हामी सफल भएका छौं- संसदीय क्यालेन्डर अन्ततः यहाँ छ। यो यथास्थिति विरुद्ध हाम्रो जीत हो l तर यसलाई कार्यान्वयन गर्न प्रतिबद्धता चाहिन्छ - प्रयास गरौं ।
१) राष्ट्रिय सभाको विधायन समितिको प्रतिवेदनले भनेका ४० वटा बनाउनै पर्ने कानुनहरु को प्राथमिकताको सूची
२) साझा न्यूनतम कार्यक्रम लागू गर्न चाहिने कानुनको सूची
३) जवाफदेहिताः सदनले सरकारलाई सोधेका प्रश्नहरुको जवाफ आउने दिन
४) समसामयिक विषयहरु, सार्वजनिक महत्त्वका विषयहरु
बाल मन्दिर जग्गा छानबिनको प्रतिवेदन माग गर्दै बुझाएको पत्रको जवाफ नआएकाले ताकेता पत्र बुझाउन जाँदा, हामीले हिजो मात्र यो पत्र प्राप्त गर्यौँ।
प्रतिवेदन प्राप्त भएको स्वकारोक्ति, तर वर्षौ अघि प्राप्त भएको प्रतिवेदनमा पनि अझै छलफलनै भइरहेको टालटुले जवाफ।निरन्तर फलो अप गरिरहने छौं।
हामीले बाल मन्दिरको जग्गा प्रतिवेदन सार्वजनिक र कार्यान्वयन सम्बन्धमा सुचना माग गरेका छौँ।वि.स. २०७७ जेठमा नेपाल सरकारलाई बुझाईएको प्रतिवेदन अहिलेसम्म सार्वजनिक गरिएको छैन।हाम्रा बालबालिकाको हकका लागि हाम्रो लडाइ जारी छ।सार्वजनिक संस्थाको सम्पत्ति जनहितमा प्रयोग हुनुपर्छ, सजग रहौ