☭ Comrade Prachanda
@cmprachanda
Followers
422K
Following
57
Media
2K
Statuses
4K
Former Prime Minister of Nepal and Chairman of the Communist Party of Nepal (Maoist Center).
Nepal
Joined December 2015
पूर्व प्रधानन्यायाधीश श्री कल्याण श्रेष्ठलाई पर्न गएको पितृशोकप्रति गहिरो दुख व्यक्त गर्दछु । दिवंगत पिताज्यूमा श्रद्धाञ्जली अर्पण गर्दै यस दु:खद घडीमा शोकाकुल परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।
6
2
26
काठमाडौं महानगरका नगर प्रमुख बालेन्द्र साहलाई पितृशोक परेकोमा दुःख व्यक्त गर्दछु। मृतक बुवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस दु:खद घडीमा साह परिवारलाई धैर्य र शक्ति मिलोस् - हार्दिक समवेदना प्रकट गर्दछु।
7
6
113
Deeply saddened by the tragic car-bomb explosion in New Delhi that claimed innocent lives. I strongly condemn this cowardly act of terrorism. Our party stands in solidarity with the Govt & people of India in this moment of grief. Heartfelt condolence to the bereaved families.
46
36
493
हाम्रो पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई जनतासँगै रहेर जोखिमविरुद्ध सक्रियतापूर्वक जुट्न निर्देशन दिन्छु।
5
2
8
मौसम विभागको चेतावनीअनुसार देशका विभिन्न भागमा भारी वर्षा, बाढी, पहिरो, डुबान र भूक्षयको जोखिम छ। जोखिमजन्य क्षेत्रमा सबै जनसमुदायलाई आवश्यक सतर्कता र सावधानी अपनाउँदै सुरक्षित रहन अपील गर्दछु। तीनै तहका सरकारलाई तीव्र पूर्वतयारी र विपद् प्रतिकार्यमा सक्रिय हुन आग्रह गर्दछु।
12
4
33
हिन्दू धर्मावलम्बीको महान चाड विजया दशमीका अवसरमा स्वदेश तथा देशबाहिर रहनुभएका सम्पूर्ण आमाबुवा, दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सु–स्वास्थ्य, दीर्घायु, समृद्धि र निरन्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु।
15
4
33
मैले यसअघि पनि भनिसकेको छु, जेन-जी आन्दोलन र माओवादी पार्टीको मुद्दा मिल्दोजुल्दो छ। जेन-जी आन्दोलनले देश अग्रगमनको बाटोमा अगाडि बढ्ने ढोका खोलिदिएको छ। यही पृष्ठभूमिमा जेन-जी युवाहरू तथा आम जनसमुदायलाई मेरो अपिल:
656
45
426
जेन–जीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचारविरुद्धका मागहरूलाई तत्काल सम्बोधन गरियोस्। स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्।
34
2
39
आज जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको दु:खद घटनाले स्तब्ध र गम्भीर बनाएको छ। प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु। घाइतेहरूको शिघ्र स्वास्थलाभको कामना गर्दछु।
380
29
346
सामाजिक सञ्जालमाथि रोक लगाउने सरकारको कदम गलत छ। सरकारले गरिरहेको भ्रष्टाचार र सामाजिक सञ्जाल अबरोधका विरुद्ध युवाहरूले गर्न लागेको प्रदर्शन स्वाभाविक छ। प्रदर्शनमाथि सरकारले बल प्रयोग गर्ने धृष्टता नगरोस। भ्रष्टाचारका विरुद्ध हाम्रो आन्दोलन जारी रहेको कुरा स्पष्ट छ।
214
18
252
मेरो नेतृत्वको सरकारले उखु किसानलाई दिएको अनुदान रोक्दै तोकेको अनुदान पनि घटाएको वर्तमान सरकारले दूध किसानको रकम पनि भुक्तानी गर्न नसकेर असक्षमता प्रदर्शन गरेको छ। अर्थतन्त्रका आधार किसानको उत्पादनको मूल्य समयमै उपलब्ध गराउन माग गर्दै आन्दोलनमा ऐक्यबद्धता व्यक्त गर्दछु।
13
5
47
हरितालिका तीज २०८२ का अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमा, दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, एकता र दीर्घायुको हार्दिक शुभकामना! यस पर्वलाई लैङ्गिक समानता, सशक्तीकरण र सांस्कृतिक जागरणको महत्वपूर्ण अवसरका रूपमा आत्मसात् गर्ने संकल्प गरौं। हार्दिक शुभकामना!
16
6
49
स्थानीय सरकार संस्थागत क्षमता स्वमूल्यांकन (लिजा) २०८०/८१मा पार्टी नेतृत्वका पालिकाहरू बेनीघाट रोराङ गापा(धादिङ) ९१.७५ अङ्कसहित प्रथम र रुरुक्षेत्र गापा(गुल्मी) ९०.०० अङ्कसहित द्वितीय भएकामा खुसी व्यक्त गर्दै जनमुखी सेवामा अग्रसर माओवादी केन्द्रका जनप्रतिनिधिलाई बधाई दिन चाहन्छु।
6
6
35
Pleased to receive Indian Foreign Secretary Shri Vikram Misri ji at my residence. We had an engaging conversation on matters of national and global importance, and a thoughtful exchange on further strengthening the deep-rooted ties between Nepal and India.
20
12
158
On the occasion of India’s Independence Day, I extend my heartfelt greetings to the people and Government of India. May this special day continue to inspire peace, progress and prosperity. The Nepal–India friendship remains a vital pillar of regional partnership. 🇳🇵🇮🇳
19
59
1K
जनयुद्धमा दुबै छोरा गुमाउनुभएका, कलेजोसम्बन्धी रोगको उपचारका लागि अस्पतालमा रहनुभएका पार्टीका केन्द्रीय अनुशासन आयोगका सचिव क.अशोक रोकाया ‘संकल्प’ र अल्जाइमरलगायत रोगका कारण घरमा नै आराम गरिरहनुभएका सल्लाहकार क. मोहन घिमिरेलाई आज बिहान भेटेर पूर्ण स्वास्थ्यलाभको कामना गरेको छु ।
1
1
22
अन्तर्राष्ट्रिय युवा दिवसमा, म सबै युवालाई आह्वान गर्दछु— आफ्नो सीप, ऊर्जा र विचारलाई जनताका पक्षमा, राष्ट्रको समृद्धि र समाजको रूपान्तरणका लागि लगाऔँ ।
24
3
52
गाईजात्रा पर्वका अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा हार्दिक शुभकामना! जीवन-मृत्युको सत्यलाई स्वीकार्दै, हास्यव्यङ्ग्यमार्फत समाजका विकृति-विसंगतिमाथि प्रहार गर्ने ऐतिहासिक यो पर्वले सबैका बीचमा भाइचारा, सहिष्णुता, सद्भाव र एकताको भावना बढाओस्। हार्दिक शुभकामना!
17
4
64