Bhim Rawal, PhD Profile Banner
Bhim Rawal, PhD Profile
Bhim Rawal, PhD

@BhimRawal179

Followers
273,008
Following
224
Media
494
Statuses
1,704

Former Vice-Chairman, CC, CPN (UML), Former DPM, Minister for Defense & Home Affairs & MP, Achham

Joined May 2017
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@BhimRawal179
Bhim Rawal, PhD
4 years
सत्ताको खेलमा सांसदलाई होटलको कोठामा थुनेर,अपहरण शैलीमा तराईबाट काठमाडौं ल्याएर सिध्दान्त, आदर्श, मूल्य र मान्यताको धज्जी उडाउँदै राजनीतिलाई फोहरी आहाल बनाई बदनाम गर्ने विगतको दुःखद स्थिति अध्यादेश प्रकरणमा दोहोरिएको छ ।यसको छानविन गरी गैरकानुनी कार्य गर्नेलाई कार्वाई हुनुपर्छ ।
301
697
4K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
नेपालको संविधान लेख्ने बेला संविधानसभा, संवैधानिक समितीमा सरीता गिरीले नेपालको नामै हटाउने लिखित प्रस्ताव सभापति निलाम्वर अचार्य समक्ष राख्दा डा. प्रकाशचन्द्र लोहनी र मैले प्रतिवाद गरेका थियौं । नेपालको सबै भूभाग राखी सरकारले नक्शा प्रकाशनको कुरा गर्दा उहाँ आक्रोशित हुनुभएको छ।
525
550
4K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूभाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसंग दृढताकासाथ कुरा गर्नुपर्छ ।अन्तर्राष्ट्रिय कानून विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुध्दिमानी हुन्छ ।
335
419
3K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ।मलाई साथ,समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिदै कृतज्ञता प्रकट गर्दछु।
274
124
3K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
प्रधानमन्त्रीज्यूलाई जन्मदिनको शुभकामना ! यो मनन गर्नु भने उचित हुन्छ-केक काट्ने नेपाली मौलिक सँस्कृति होइन, देशलाई हामी आमा भन्छौं, काटेर खान मिलेन, अँझ 'समृध्दि' का लागि संसारका सामु हात पसारिरहेको बेला अति ठूलो रकम खर्चेर जन्मदिन मनाउन मिल्दैन; पार्टी निर्णयले झनै मिल्दैन ।
214
424
3K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
त्रि.वि.वि. बाट मैले विद्यावारिधि (Ph.D)उपाधि प्राप्त गरेकोमा बधाई र शुभकामना प्रकट गर्नुहुने सबैमा हार्दिक धन्यवाद ! अध्ययन-अनुसन्धानमा विविध किसिमले सहयोग गर्नुहुने सबैमा धन्यवाद सहित हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । मेरो सम्पूर्ण ज्ञान र अनुभव देश तथा जनताको लागि समर्पित छ।
Tweet media one
Tweet media two
573
137
3K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
जनता,विशेषतः अछामी मतदाता,का सामु स्वच्छ र नैतिक राजनीतिक जीवन तथा देशको सर्वोपरि हितमा समर्पित रहने बाचा अनुसार मैले अनैतिक र दुषित राजनीतिको मतियार नहुन प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको छु।अछामी जनताले ५ वर्षका लागि दिएको मत पूरा अवधि संरक्षण गर्न नसकेकोमा क्षमा चाहन्छु।
677
166
3K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
यो बेला सीमा क्षेत्र मिचिएको,तराईका वस्ति डुबानमा परेको एवं कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने विषय उठाई भारतसंग कुरा गर्नुपर्ने हो कि राम र अयोध्यावारे वहस गर्नुपर्ने हो?विषयान्तर किन? देशलाई गम्भीर असर पार्ने विषयमा पार्टी र सरकार कहीं छलफल गर्नुनपर्ने कस्तो तन्त्र हो?
350
309
3K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
आज त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्कायमा डीन प्रा.डा.कुशुम शाक्यबाट विद्यावारिधिको अस्थायी प्रमाणपत्र प्राप्त भयो ।
Tweet media one
552
74
3K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
जातीय आधारमा देश विभाजित गर्ने,विदेशीले सहजै नागरिकता पाउने जस्ता नेपाललाई कमजोर पार्ने विषय कतिपयले संविधानसभा र आम निर्वाचनमा उठाउदा अस्वीकृत भए । देशको अखण्डताको रक्षार्थ नयाँ नक्शा राखेर निशान छापमा संशोधनको कुरा गर्दा जनताबाट अस्वीकृत पुरानै कुरा उठाउनु राष्ट्रहित विपरीत छ ।
194
309
3K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
निहित सत्ता स्वार्थको कारण केही दल, नेता र मानिसहरू बारम्बार नागरिकतासम्बन्धी कानून कमजोर पारेर नेपालमा विदेशीले सहजै नागरिकता पाउने स्थिति बनाउन लागिपर्दै आएका छन् ।यसो गर्नु देशलाई कमजोर बनाउनु हो ।नागरिकता कानून सबै देशले आफ्नो स्वतन्त्रता र हित रक्षा गर्नेगरी ल्याउछन् ।
195
306
3K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
जेष्ठ ९ गते बिहान भाजपाका नेता विजय जोलीजीले ऋषि धमलाजीसंगको अन्तरवार्तामा भन्नु भएका कतिपय कुराहरू नेपालको भौगोलिक अखण्डता र स्वाभिमान एवं असल छिमेकीको मान्यता विपरीत भएकाले अस्वीकार्य छन् ।तत्काल वार्ता गर्दै सम्झौता र तथ्यको आधारमा अतिक्रमित नेपाली भूभाग भारतले खाली गर्नुपर्छ।
131
240
3K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
नेपालको सबै भूभाग समेटेर नक्शा प्रकाशित गर्ने निर्णय गरेकोमा नेपाल सरकारलाई धन्यवाद ! नेपालको भौगोलिक अखण्डताको निम्ति निरन्तर आवाज उठाउदै नेपालको समग्र भूमी सहितको नक्शा जारी गर्नुपर्छ भन्ने सम्पूर्ण देशभक्त नेपाली हरूलाई हार्दिक बधाई ! राष्ट्रियता संरक्षणको अभियान जारी राखौं !
157
203
3K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
"ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएको हुदा दिमागले काम गरेन" भनी मैले भनेको भन्दै एउटा समाचार माध्यमले गरेको कुप्रचारको भर्त्सना गर्दछु।त्यो निकृष्ट कुरा समाचार लेख्नेको दिमागको उपज हो।मप्रति घृणा फैलाउन गरिएको उक्त कुप्रचारको घोर निन्दा गर्छु।म राजनीतिक भाषा र तथ्यमा विश्वास गर्छु
258
209
3K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
डा. बाबुराम भट्टराईले देशका तीन प्रमुख नेताहरूले रू.९ अर्ब खाएको प्रमाण आफुसंग भएको सार्वजनिक घोषणा ग���्नुभएपछि उहाँलाई प्रमाण सार्वजनिक गर्दै अख्तियारमा बुझाउन मैले असोज १० गते एबीसी टीभी मार्फत आग्रह गरेको थिएँ ।त्यसो गरियो कि गरिएन? गरिएन भने उहाँ गैरजिम्मेवार ठहरिनु हुनेछ ।
255
205
3K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
राष्ट्रिय महत्वका विषयमा पार्टीमा बैठक र छलफल नहुने र सरकारी निकायका जिम्मेवारी देश, जनता र पार्टीका लागि कुनै योगदान नगरेका सामाजिक सञ्जालमा अश्लील र उछृंखल किसिमले कसैको तावेदारी र कसैको वेइज्जत गर्नेहरूलाई दिदैजाने कार्यले देश र पार्टीमाथि आउदै गरेको संकटको आभास हुनथालेको छ ।
156
269
3K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
दिनभरी बैठक नगरेर प्रतिनिधिहरूलाई अलपत्र बनाउने र संस्थागत छलफल नगरी राती ७ बजे बैठक हुने सूचना जारी गर्नु अलोकतान्त्रिक कार्य मात्र होइन धाँधलीको संकेत पनि हो। यसले जनताको बहुदलीय जनवाद अन्तर्गत प्रतिस्पर्धाको राजनीतिमाथि आघात पुग्छ।
296
146
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
मैले भन्दै नभनेको कुरा गरी एमसीसी पारित गर्नुपर्छ भने भनी कुप्रचार अभियान चलाउनेहरू एमसीसी पारित गराउन लागिपरेका त्यसकै दलालहरू हुन् । यस्ताहरू भीम रावलले देशभक्तिपूर्ण अडान छोडेदेखि नेपालको शीर झुकाउन सजिलो हुन्थ्यो कि भन्ने कुत्सित सपना देखिरहेका छन् जो कहिल्यै पूरा हुने छैन ।
222
190
2K
@BhimRawal179
Bhim Rawal, PhD
5 years
नेपाल अामालाई गालिगलौज गर्दै टुक्र्याउन विदेशीहरूसंग समेत साँठगाँठ गर्ने सीके राउतलाई राष्ट्रिय हिरोको सम्मान दिदै अलग देशको नेतासंग झै सम्झौता गरी स्वतन्त्र मधेश र स्वशासन जस्ता संविधान विपरीतका कुरा, मेरो विरूद्धको कुप्रचारको थोत्रो बर्कोले छोपिने छैनन् ।
145
370
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
पार्टी विभाजन सहज पार्ने अध्यादेश फिर्ता लिने माग देशहितको लागि गरिएको हो।मैले देशभक्तिपूर्ण अडान र मान्यता छोडेदेखि वाह्य शक्तिहरूको स्वार्थसाधन र देशमा मनपरी गर्दा त्यसको विरूध्द उठ्ने एउटा आवाज घट्थ्यो कि भनी छटपटिएर कुप्रचार गर्नेहरूको कुआकांक्षा कहिल्यै पूरा हुनेछैन ।
225
178
2K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
मलाई नेकपा (एमाले) को केन्द्रिय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो ।यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ।
322
109
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
चितवनमा एमालेको मतदान शुरू भएपछि मतदान इलाकामा पार्टी निर्वाचन आयोगको आचार संहिता विपरीत समूह सूची बाँड्ने र त्यसको विरोध गर्नेमाथि जाइलाग्ने कार्यको निन्दा गर्दछु।उक्त कामले पार्टीमा धब्बा लाग्छ र लोकतन्त्रलाई कमजोर बनाउछ।यो रोक्न निर्वाचन आयोग र सुरक्षाकर्मीलाई आग्रह गरेको छु।
259
144
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
नेपालको गरिमा र स्वाभिमानमा आँच पुग्ने गरी भारतीय सञ्चार माध्यमले चलाएको कुप्रचार निन्दनीय छ ।यस्तो कुप्रचारको खण्डन र प्रतिवाद गर्दै यथोचित राजनीतिक र कूटनीतिक उपचारका लागि नेपाल सरकारका सम्बन्धित तह र निकायले काम गर्नुपर्छ ।
127
184
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
यातायातका साधनमा इम्वोस्ड नं. ल्पेट राख्दा नेपाली भाषामा राखियोस् ।नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ भन्ने नेपालको संविधानको धारा ७ पालन होस्।नं. ल्पेट पराईका लागि नभई नेपालका लागि हो।व्यक्तिगत विवरण विदेशीको हातमा नजाओस् ।बंगलादेश,जापान र चीनले आफ्नै भाषा प्रयोग गरेका छन् ।
148
223
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
दक्षिणपन्थी पूँजीवादी नेकांसंग सहकार्य गरी पदमा जान खोज्नेहरूले नेकपा (एमाले) लाई १० बुँदे सहमतिको आधारमा एक हुनुपर्छ भन्नेहरूलाई दक्षिणपन्थी देख्नु उदेक लाग्दो कुरा हो।अझ यही पार्टीको महासचिव, अध्यक्ष र प्रधानमन्त्री भइसकेर एमाले काम नलाग्ने पार्टी हो भन्नु आश्चर्यजनक हो ।
1K
266
2K
@BhimRawal179
Bhim Rawal, PhD
5 years
नेपालको लिम्पियाधुरा लिपुलेक क्षेत्र भारत सरकारले नक्शामा भारतीय भूमी भनी देखाएको प्रति नेपाल सरकारले आपत्ति गर्नुपर्छ । यसबारे नेकपा स्थायी कमिटीको र सर्वदलीय बैठक बोलाउनुका साथै कूटनीतिक माध्यमबाट तत्काल कुरा गरिनु पर्छ ।भौगोलिक अखण्डताको रक्षा गर्नु सरकारको पहिलो कर्तव्य हो ।
132
431
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ।थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ।त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ।यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।
763
212
2K
@BhimRawal179
Bhim Rawal, PhD
5 years
भारतीय चलचित्र पुरस्कार अाइफाको अायोजनाको लागि काठमाडौं न.पा.ले ४४ करोड दिने, नेपालको करिव १ अर्ब लगानी हुने र त्यसलाई सरकारले स्वीकृति दिएको खवर सुन्दा अाश्चर्य लागेको छ । यस्ता काम कस्को उक्साहट र स्वार्थमा कसले किन गर्छ होला ! नेकपाको स्थायी कमिटीको बैठक भए जान्न पाइन्थ्यो कि?
193
415
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
नेकपाको सिद्धान्त,नीति,विधान,संगठन र सदस्स्यहरूमाथि विश्वास र भरोसा गरौं ।विपक्षी दलका नेताहरूसंग सांठगाँठ गरी कम्युनिष्ट पार्टीको भविष्य अन्धकारतर्फ धकेल्ने कुकर्म कतै नहोस्।राजनीतिलाई सत्ताको फोहरी खेल तुल्याउने विगतका विकृति फेरी शुरू गरी जनता र पार्टीलाई धोका दिने काम नहोस् ।
362
192
2K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
आज नेकपाका महासचिव नेत्र विक्रम चन्द 'विप्लव' र नेता खड्ग विश्वकर्मासंग मेरो घरमा भेटवार्ता भयो। उहाँहरूले राष्ट्रिय स्वाधीनताको लागि सबै देशभक्त एक हुन र मोर्चा बनाउन जोड दिनुभयो। देशभक्तहरू एक हुने कुरा उचित भएको र हाल आफ्नो ठाउँबाट भूमिका खेल्नु उचित हुने मेरो विचार रह्यो।
251
94
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
स्वस्थ,मर्यादित र विधिसम्मत राजनीति,राष्ट्रहित र पार्टी एकताको लागि आवेग,उत्तेजनामा नआई प्रतिनिधि सभाको सदस्यबाट राजीनामा दिएको थिएँ।सार्वभौम जनता,मतदाता,राजनीतिक नेता,कार्यकर्ता,जनप्रतिनिधि,बुध्दिजीवी,आफन्त र शुभेच्छुकहरूको व्यापक आग्रहको सम्मान गर्दै राजीनामा फिर्ता लिएको छु।
876
100
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
एमाले फुटाउन '१० भाइ' नलागेकाले प्रचण्डजीले रोइलो गर्दै 'झुक्याएर आत्मसमर्पण गरे'भन्ने हास्यास्पद तर्क गर्नुभएको रहेछ।एमालेका नेताहरू सोही पार्टीमा रहँदा 'आत्मसमर्पण' हुने तर 'जनयुद्ध'बाट सत्ता हत्याउछु भन्नेले गिरिजादेखि देउवासम्म काँग्रेसको पछि लागि पद हत्याउदा आत्मसम्मान हुने?
336
213
2K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
मेरो नाम क्षेत्र, जिल्ला र प्रदेशबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारको रूपमा सर्वसम्मत एकल पठाइदा पनि केन्द्रबाट अन्यायपूर्ण किसिमले हटाइएको विषयमा मैले हालसम्म कुनै प्रतिक्रिया दिएको छैन। मलाई उम्मेदवार नबनाए पनि ठीक छ भनेको भनी प्रचार गर्नु कुनियत हो। उचित समयमा बोल्ने नै छु।
312
92
2K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
पुष्पकमल दाहाल जी, चुनावी पोष्टरमा कुलमान घिसिङको तस्वीर मात्र किन तपाईले महान काम गरियो भन्ने गरेको एमसीसी सम्झौता अनुमोदन गर्छौ भनी प्रमं देउवासंगै सही गरी अमेरिका पठाएको गोप्य पत्र र भारतीय दूतावासको रात्रीभोजको तस्वीर पनि राख्नुहोस्।खुशी पार्ने सुनौलो अवसर छ! कि कसो?
155
164
2K
@BhimRawal179
Bhim Rawal, PhD
5 years
संयुक्त सरकारको साझा सहमतिको न्यूनतम् कार्यक्रम बनाउने काममा खटिरहने म नै हुँ ।अहिले देशको हितमा बोल्दा कसैको टाउको दुःखे देशभक्तिको चक्कि खानु उचित होला ।
132
309
2K
@BhimRawal179
Bhim Rawal, PhD
6 years
कुनै व्यक्ति र निजी संस्थाको निहित स्वार्थमा सरकार र पार्टीको दुरुपयोग गर्न मिल्दैन । राष्ट्रीय हित र कुटनीतिक मर्यादा र परिणामको हेक्का राख्नु परयो । शान्तिको नाममा सम्मेलन गर्नेहरूले यत्रो पैसा कति कहाँबाट आयो जनतालाई भन्नु पर्छ । नभने सरकारले खोजेर भन्नु पर्छ ।
137
488
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
दार्चुला जिल्लामा नेपालको हवाईक्षेत्र उल्लङ्घन गरी भारतीय हेलिकप्टर निरन्तर उडेको नेपाल सरकारलाई थाहा छ कि छैन? अनुमति दिएको हो भने के प्रयोजनको लागि दिएको हो? गठबन्धनका लागि सरकार भनेको मन्त्रीको भागबन्डा,पार्टी फुटाउने र सत्ता हत्याउने मात्र हो कि देश र जनताको सुरक्षा गर्नु हो?
240
182
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
आफ्नो देशको हित र स्वाधीनता सुदृढ कसरी हुन्छ भन्ने उद्देश्यले तथ्य-तर्क खोज्ने भन्दा विदेशी शक्तिलाई खुशी पार्ने र तिनको साखुल्ले बन्ने होड र स्वार्थी मानसिकताले कोशी, गण्डकी, महाकाली, कर्णालीमा नेपालले धोका पाएको हो र १९५० को सन्धी र गोर्खा भर्ती ब्यहोर्नु परेको हो । चेतना भया ।
129
264
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
सरकारमा रहेका र प्रमंको निकट ठानिने साथीहरूले आत्मनिरीक्षण गर्दै यतातर्फ पनि ध्यान दिनु उचित होलाः
Tweet media one
198
177
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
पश्चिम रूकुमको चौरजहारी, सोतीकी एक युवती र जाजरकोट रानागाउँका नवराज वि क बीच प्रेम विवाहको प्रयासका सिलसिलामा घटित घटना निन्दनीय छ ।यसको निष्पक्ष छानबीन र अनुसन्धान गरी दोषीलाई कार्वाई हुनुपर्छ ।राज्यले पीडित परिवारलाई उचित राहत र संरक्षण दिनुपर्छ ।
129
130
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
संविधान जारी गर्न लाग्दा नेताको घरमा पुगेर विदेशीले दवाव दिने,सरकार परिवर्तन हुनलाग्दा त्यस्तै हुने र हुँदाहुँदा नेपालीले नचाहेको अनुदान पनि लिनैपर्छ भनी विदेशीले नेताहरूको घर-घर पुगेर दवाव दिने,कस्तो विडम्बना!हे आमा नेपाल नेताहरूलाई स्वाधीनता,स्वाभिमान र मर्यादाको सदबुद्धि देउ!
241
151
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
अध्यादेश फिर्ता हुनु सकारात्मक कुरा हो । अब नेकपा स्थायी समितिको बैठक तुरून्त बसेर यसका समग्र पक्ष र प्रभावको समीक्षा हुनुपर्छ ।साथै कोरोना विषाणुको संक्रमण रोकथाम, बन्द-बन्देज र जनजीवनबारे गम्भीर छलफल गरी पार्टीको नीति र भूमिका तय गर्दै सरकारलाई सुझाव, निर्देशन दिनुपर्छ।
119
143
2K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तब्य अनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफै देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया ।
213
115
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
दार्चुला जिल्लाको व्यास गा.पा.का ३५ वर्षीय जयसिंह धामी महाकाली नदी तुइनबाट तर्दै गर्दा भारतीय सुरक्षा जवानले तुइन काटदा नदीमा खसेर बगेको समाचार स्तब्धकारी छ।यस्तो क्रुर अमानवीय कार्यको छानबीन होस्,भारतसंग वार्ता गरी दोषीलाई कार्वाई गरियोस् र मृतकका परिवारलाई राहत प्रदान गरियोस्।
175
187
2K
@BhimRawal179
Bhim Rawal, PhD
5 years
सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो? देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कही पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनु को रहस्य खोजौं ।
150
404
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
एमालेको महाधिवेशन मंसिर १० देखि १२ गते सम्पन्न गर्ने र ११गते उम्मेदवारीसम्बन्धी प्रकिया पूरा गरी १२ गते मतदान गर्ने पार्टी निर्णय विपरीत ११ र १२ गते दिनभरि अधिवेशनको कुनै काम नगरी केही व्यक्तिले अन्यत्र बसेर विधि,पद्धति र निर्णय विपरीत गर्नु आपत्���िजनक र पार्टी हितको विरूद्धमा छ।
264
119
2K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
एमालेमा भरखरै भएका मनोनयन र जिम्मेवारी वा कार्यविभाजन हेर्दा केपी ओलीजीको अगुवाईमा लामो समयदेखि हुँदै आएको गुटबन्दीले छलांग मारेको देखियो।यो देश र जनताप्रति प्रतिवद्ध पार्टी निर्माणको प्रक्रिया नभई गुटस्वार्थ प्रेरित अहं तुष्टीको नमूना हो।यस्तो प्रवृत्ति हट्नु पार्टी हितमा हुन्छ।
281
106
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
के निहुँ पाउँ कनिका बुकाउँ भन्ने उखान वालुवाटारका लागि रहेछ ।प्रमंका सल्लाहकार विष्णु रिमालजीले स्थायी कमिटीको बैठक स्थगित हुनुको एउटा कारण म कहाँ खटाइएका एक प्रहरीमा कोरोना संक्रमण भएको भनी उज्यालो नेटवर्क रेडियोलाई भन्नुभएछ । यस्तै मति र बुध्दिले समस्या बढेका छन् ।तथ्य यस्तो छ:
Tweet media one
190
212
2K
@BhimRawal179
Bhim Rawal, PhD
5 years
भाद्र ७ गते टीकापुर सभामा बाबुराम भट्टराई लगायत काठमाडौंबाट गएकाको कुरा यूट्युवमा सुनें ।उत्तेजनापूर्ण, सामाजिक सद्भाव विथोल्ने, विभाजनकारी, षडयन्त्रकारी, साम्प्रदायिक, सिद्धान्तहीन र गैरजिम्मेवार ।कति मानिस मारिएपछि, अशान्ति र भद्रगोल भएपछि बाबुरामजी जस्ता सन्तुष्ट हुने होलान् !
142
302
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
नेपालविरोधी अभियान चलाउने भारतीय जीन्युजका सुधीर चौधरीलाई वालुवाटारमा अन्तरवार्ता दिनुका साथै कालापत्थर घुम्ने प्रबन्ध गरी निजले सगरमाथामा 'भारतले दावी गर्नुपर्छ' भन्ने जस्तो निन्दनीय अभिव्यक्ति दिने स्थिति सिर्जना गर्नु प्रमं केपीको राष्ट्रहित विरोधी कार्यको अर्को उदाहरण हो।
239
179
2K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
मैले संसदीय समितिको बैठकमा इम्बोड्स नम्बरको चर्को रकम, संविधान अनुसार नेपाली भाषाको प्रयोग, व्यक्ति र देशको सुरक्षा एवं हित, कालो सूचिमा पर्ने कम्पनीलाई ठेक्का जस्ता विषय स्पष्ट नगरी धम्क्याएर जबर्जस्ति गरिए मलाई झ्यालखानामा थुने पनि इम्बोड्स नम्बर राख्दिन भनेको हुँ।सबैले भनौं।
129
150
2K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
नारायणहिटी जस्तो ऐतिहासिक-सांस्कृतिक महत्वको सम्पदाको संरक्षण गर्नुको साँटो विदेशीलाई व्यापारिक मुनाफाका लागि रेष्टुरेन्ट चलाउने अनुमति दिनु राष्ट्रिय स्वाभिमान माथिको प्रहार हो।यस्तो देशप्रतिको गैरजिम्मेवार सम्झौता रद्द गरी नारायणहिटी संग्रहालयको मौलिकताको सुरक्षा गरियोस् ।
132
86
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
देश विषम स्थितिमा रहेको समयमा संविधानको मर्म विपरीत अध्यादेश किन ल्याइयो?
Tweet media one
161
247
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
खातामा भत्ताको रकम राखिएको थाहा पाइयो ।हालको विषम स्वास्थ्य चुनौती र आर्थिक कठिनाइलाई मनन गरी कुनैपनि जनप्रतिनिधिले दसैं भत्ता नलिने व्यवस्था गरियोस् ।सांसदहरूले उक्त भत्ता लिनुहुन्न भन्नेमा मेरो समर्थन छ ।मेरो खाताबाट रकम कट्टी गर्न मञ्जुरी छ ।
193
131
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
खतम होस् यो माहामारी सबै नै निरोगी बनुन्, जनता समृध्द बनी देश अघि बढेछ भनुन्। मानवताको रक्षा होओस् दियो शान्तिको बलोस्, ढोका खुल्दै प्रगतिको समाज प्रफुल्ल बनोस्, देशभक्ति जनभक्तिको उर्लियोस् मनोभावना नौलो वर्ष '७७' को हार्दिक शुभकामना !
139
94
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक छ।कूटनीतिक मर्यादा विपरीत छ।
157
170
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
गौतम बुद्ध नेपालमा जन्मनु भएको तथ्य विपरीत भारतीय विदेशमन्त्रिले दिएको अभिव्यक्ति भारतीय विदेश मन्त्रालयले सच्याएको छ ।अब लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रबाट भारतीय फौंज हट्नुपर्ने र प्रबुध्द व्यक्ति समूहको प्रतिवेदन अगाडि बढाउनु पर्ने कुरामा जोड दिनु पर्छ ।
75
120
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि?
303
116
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
देश, जनता र पार्टीप्रति विश्वासघात र संविधानमाथ घात गर्ने प्रधानमन्त्री ओलीले आफै चुनावको मिति तोकेर पनि पदबाट राजीनामा नदिई उल्टै निनरंकुश शासक झैं मन्त्रिपरिषद्को विस्तार गरेर संविधान र लोकतन्त्रको खिल्ली उडाएका छन्।आफ्नो स्वेच्छाचारी चरित्र र पदको उन्माद आफै पर्दाफास गरेकाछन्।
245
120
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
नेपालको दार्चुला जिल्ला गुञ्जीबाट लिपुलेकसम्म अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेको भन्ने दुःखद खवर छ । नेपाल सरकारको धारणा के हो? यसरी सडकबन्दासम्म के सरकारलाई थाहा भएन? मातृभूमी र जनताको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व हो भन्ने सबैले बुझेकै कुरा हो ।यो पनि स्मरण गरौं :
Tweet media one
252
281
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
मैले विद्यावारिधिको अस्थायी प्रमाणपत्र प्राप्त गरेकोमा शुभेच्छा प्रकट गर्नुहुने सबैप्रति हार्दिक धन्यवाद! विद्यावारिधिको विद्यार्थीका लागि मौखिक परीक्षा र उपाधि प्राप्ति,अस्थायी प्रमाणपत्र प्राप्ति तथा दीक्षान्त समारोहमा प्रमाणपत्र प्राप्ति जस्ता सबै अवसर महत्वपूर्ण हुन्छन् ।
131
32
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
कैलाली जिल्ला, लम्की चुहाको एकान्तवास (क्वारिन्टिन) मा महिलामाथि गरिएको कुकर्मको निन्दा गर्दछु । दोषीलाई कानूनी कार्वाई होस् र पिडित महिलालाई राहत प्रदान गरियोस् ।
89
90
2K
@BhimRawal179
Bhim Rawal, PhD
5 years
रौतहट जिल्ला डुब्दा अन्तर्राष्ट्रिय कानून विपरीत बनाइएको बाँधको ढोका भारतले नखोल्ने, धनुषा लगायतका जिल्लाहरू जलमग्न हुने स्थिति अनुचित भयो भन्दा पनि भारतको विरोध भन्ने हुन्छ कि? डुबानबारे हुने भनि��को नेपाल-भारत वार्ता कहाँ पुग्यो भन्दा सरकारको विरोध ठहरिने हो कि? देश सार्वभौम हो।
82
291
2K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
राष्ट्रिय स्वाधीनता, हित र स्वाभिमानको पक्षमा आवाज बुलन्द गर्नेहरूमाथि पाशविक दमन गर्ने आदेश दिनेहरू कस्को स्वार्थमा काम गर्दैछौ? देशको पक्षमा आवाज उठाउन नपाउने? तानाशाही दमन बन्द गर!
172
121
2K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
प्रभु साहाको 'विद्रोह' बारे निज पहिलेदेखि संदिग्ध चरित्रको भन्ने अध्यक्ष केपीको भनाइ सुनियो।'हरियो सर्प' भनेको पनि आयो।'संदिग्ध र हरियो सर्प'लाई माथि चढाउन जिम्मेवार को र आज अनेकौं 'संदिग्ध र रंगिविरंगी सर्प' किन हुर्काइदैछ भन्ने पनि स्पष्ट गर्ने कि?
147
100
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
नेपाल सरकारले एमसीसीलाई र एमसीसीले अर्थमन्त्रीलाई पठाएका पत्रहरू पढियो। यी दुबै पत्रहरू जनतालाई झुक्याएर सम्झौता संसदबाट अनुमोदन गराउने षडयन्त्रकै उपज हुन्।यी दुबै पत्रले नेपालको सार्वभौमिकता,स्वाधीनता,सुरक्षा, हित,संविधान र कानून विपरीत सम्झौतामा रहेका प्रावधानलाई संशोधन गर्दैन।
217
162
2K
@BhimRawal179
Bhim Rawal, PhD
5 years
विश्व व्यापार संगठन अन्तरगत अन्तर्राष्ट्रिय सम्झौता अनुरूप सबै देशहरूले उपभोग्य वस्तु, फलफूल, तरकारी र विरूवाको अायात गर्दा जनताको स्वास्थ्य सुरक्षा र विषादीबाट जोगाउन सही मापदण्ड अनुरूप भए नभएको परीक्षण गर्नपाउँछन्, गर्नुपर्छ ।कसैको दवावमा अाएर सरकार कर्तव्य विमुख हुन मिल्दैन ।
87
257
2K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधान सरकारको एकपक्षीय संकल्प प्रस्ताव वा 'व्याख्यात्मक टिप्पणी' बाट सच्चिने कुरा गर्नु जनतालाई ठग्नु हो। यो महाकाली सन्धिको 'संकल्प प्रस्ताव' जस्तै निहित सत्ता स्वार्थका लागि विदेशीको भक्ति गरी मातृभूमिमाथि लात्ती बजार्नु जस्तै हो।देशघाती चरित्र!
163
132
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
काठमाडौंमा थुप्रेको फोहोरको डुंगुर र ४५ दिन बितिसक्दा पनि संघीय सरकारले पूर्णता नपाउनु र केन्द्रदेखि प्रदेशसम्म सरकारमा भागबण्डा राजनीतिको विकृतिको डंगुरका बीच समय ठ्याक्कै मिलेको किन होला?
433
114
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
प्रमं केपी शर्मा ओलीले गर्नुभएको प्रतिनिधि सभाको विघटन असंवैधानिक र स्वेच्छाचारी भएको सर्वोच्च अदालतको फैसलाले प्रमाणित गरेको छ।उहाँले प्रमंको पदमा रहने सबै आधार समाप्त भएकाछन्।तुरून्त राजीनामा गर्नुपर्छ। प्रमं ओलीको निरंकुश कार्यका विरूद्ध आन्दोलन गर्ने सबैलाई धन्यवाद र बधाई!
232
101
2K
@BhimRawal179
Bhim Rawal, PhD
5 years
कुटनीतिक मर्यादाको वास्ता नगरी पूर्व प्र.मं. नेकां सभापति लगायतका कतिपय नेपाली नेताहरू व्दन्व्दकालको पीडा सम्झाउने गरी भारतीय विदेश मन्त्रीलाई भेट्न एउटा होटलमा धाएको देख्दा स्वाभिमानी नेपालीको शीर निहुरिएको छ । यस्ता नेताहरूबाट राष्ट्रिय हित र स्वाधीनताको लागि के अाशा गर्ने?
96
222
2K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
Tweet media one
673
120
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
सर्वोच्च अदालतको फैसला र गत वर्षयताका घटनाक्रमबाट सबैले पाठ सिक्नुपर्छ।राष्ट्र र जनताको स्वाभिमान, स्वतन्त्रता र समृध्दिका लागि राजनीति केन्द्रित रहेनभने त्यसका परिणाम कति गम्भीर र घातक हुँदारहेछन् भन्ने छर्लङ्ग भएको छ।सबैलाई चेतना भया।
283
61
2K
@BhimRawal179
Bhim Rawal, PhD
5 years
देशको संविधान अनुसार मन्त्री हुने, सांसद हुने, पारिश्रमिक खाने त्यही संविधान मान्दिन भन्ने, अँझ जनताबाट निर्वाचित संविधानसभाले अत्यधिक मतद्वारा संविधान पारित गरेको दिनलाई 'कालो दिन' भन्ने जस्तो अनैतिक, गैर जिम्मेवार, विग्रहकारी कुरा सर्वत्र अस्वीकार गरिनुपर्छ ।
93
227
2K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
काठमाडौंस्थितअमेरिकी दूतावासका अधिकारी कार्ल रोजर्सले एमसीसी इण्डो-पेसिफिक रणनीतिको अंग भएको तथ्य सार्वजनिक संचार माध्यममा स्पष्ट गर्नुभएको छ।नेपाल सरकार र पार्टीका उच्च पदमा बसेर एमसीसी इण्डोपेसिफिक रणनीतिको अंग होइन संसदबाट पारित गर्छौं भन्नेहरूले जनतालाई ढाँटेको स्पष्ट भएन र ?
119
251
2K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
नेपालको लिपुलेकमा सडक अघि बढाउने भनी भारतीय प्र.मं.नरेन्द्र मोदीको सार्वजनिक भनाईमा नेपाल सरकार किन मौन? लिपुलेक,कालापानी र लिम्पियाधुरा नेपाली भूमि भएका अकाट्य प्रमाण छन्।एमसीसी सम्झौताबारे देउवा-ओली वार्ता गर्ने तर देशको भूभाग अतिक्रमणमा परेकोबारे कुरा नगर्ने, लज्जास्पद चरित्र!
104
133
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
व्यापक विरोध पछि मन्त्री गजेन्द्र हमालले त राजीनामा दिए अब निजलाई मन्त्री बनाउने प्रमं देउवा, गठबन्धनका शीर्ष नेताहरू र प्रन्या चोलेन्द्र राणाले नैतिकता देखाउने आँट गर्नुहुन्छ कि गर्नुहुन्न? निहित स्वार्थमा विधि, प्रणाली र नैतिकता मिच्नेहरूले नै देशलाई संकटतर्फ धकेल्दै आएका छन्।
322
142
2K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
देश र जनताको सर्वोपरी हित, राष्ट्रिय स्वाधीनता र स्वाभिमान तथा विधि, पद्धति र सिद्धान्तको आधारमा पार्टीको सञ्चालन जस्ता विचार र मान्यताको झण्डा उठाइरहन एवं निष्ठाको मार्ग अनुशरण गरिरहन आज मैले नेकपा(एमाले) को दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेको छु।
260
64
1K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
श्रीमती आरजू राणा देउवाको भाजपाका विदेश विभाग प्रमुखसंग नयाँ दिल्लीमा वार्ताको समाचार आयो, के अब नेपालको परराष्ट्र मामिलामा श्रीमान् र श्रीमती मामिला, स्वार्थ र प्रवृत्तिको प्रवेश हुनलागेको हो?
115
126
1K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
प्रधानमन्त्री पदमा रहेर आमसभाबाट सर्वोच्च अदालतलाई धम्क्याउनु, फरार अपराधीहरूलाई गुटमा भित्र्याउनु, राजनीतिको अपराधिकरण गर्नु र आफै कामचलाउ रहेको स्थितिमा हठात् प्रदेश नं.२ का प्रमुखलाई हटाउनुबाट केपी शर्मा ओली निरंकुश,स्वेच्छाचारी र गुटस्वार्थको बाटोमा तल्लीन रहेको पुष्टि हुन्छ।
171
102
1K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
दल विभाजनसम्बन्धी अध्यादेश संविधानको मर्म र जनताको आकांक्षा विपरीत निहित स्वार्थको लागि देशलाई अस्थिर तुल्याउने खेल हो।विगतमा यस्तै अध्यादेशलाई अलोकतान्त्रिक भन्दै चर्को विरोध गर्नेहरू आज त्यही बाटोमा किन? २०५४ सालमा एमाले फुटाउदा देशमा द्वन्द्व चर्किएको हेक्का नरहेको किन?
181
100
1K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
श्रोत नखुलेको सम्पत्ति लगानी गर्न छुट दिने र रू.१० करोड सम्मको योजना ठेक्कापट्टा नगरी मन परेकालाई दिनसकिने सरकारको निर्णय कमिशनतन्त्र र भ्रष्टाचारलाई प्रश्रय दिनलाई हो भन्ने स्पष्टै छ।यस्तो काम गठबन्धन सरकारको साझा कार्यक्रम अन्तरगतको अघोषित समझदारी रहेछ कि?
137
164
1K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ।यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन,स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ।
135
89
1K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
दसैं भत्ता बापत मेरो खातामा पठाइएको रकम रू.६४,०७० कार्तिक महिनाको पारिश्रमिकबाट कट्टी हुनेगरी संसद सचिवालयमा फिर्ता हुने संघीय संसदको लेखाका कर्मचारीले मलाई जानकारी गराउनु भएको छ ।
143
74
1K
@BhimRawal179
Bhim Rawal, PhD
6 years
आफ्नो देशका प्रधानमन्त्रीले प्रदेशमा भ्रमण गर्दा बिरोध गर्ने तर बिदेशका प्रधानमन्त्रीलाई अस्वाभाविक रुपमा स्वागत गर्ने प्रवृत्तिले के देश र प्रदेशको प्रतिस्ठा र हित हुन्छ? नेपालको माटो छोएर ठन्डा दिमागले सोच्नु उचित हुनेछ ।
78
248
1K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
संसद देश र जनताको पक्षमा वहस गर्ने र आवाज उठाउने थलो हो।सरकारका सबै कामकार्वाई हुन दिइ संसद अवरूद्ध गरेको भन्नुको अैाचित्य छैन।कि सरकारले ल्याउने विधेयक र प्रस्ताव रोक्नसक्नु पर्यो नभए त्यसबारे जनताको आवाज उठाउन पाउनु पर्यो।अन्यथा म कुटे जस्तो गर्छु तँ रोए जस्तो गर भने झैं ठहर्छ।
111
70
1K
@BhimRawal179
Bhim Rawal, PhD
5 years
भुटान र म्यानमार समेतका बासिन्दा नेपाल भित्रिए झैं भारतको अासाममा नागरिकता नपाउने भनिएकाहरू कतै नेपाल नअोइरिउन भन्नेतर्फ सरकार सजग हुनु उचित होला ।यसोभन्दा नागरिकता र अाप्रवासी नीति राष्ट्रिय हितमा कडा गर्नुपर्छ भन्नु 'खोक्रो राष्ट्रवाद' भयो भनी कोही बुर्लक्क उफ्रिने हुन् कि?
67
214
1K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
एमालेले भरखरै जारी गरेको घोषणापत्रमा “नीतिविहीन, उद्देश्यविहीन र गन्तव्यविहीन गठबन्धन सत्ता स्वार्थको माध्यम मात्र हो” भन्ने भनाई उचित हो । तर कमल, राजेन्द्र, उपेन्द्र, एकनाथ र हृदयशसंग भएको साँठगाँठको औचित्य एमालेको कुनै सिद्धान्त, नीति र गन्तव्यले पुष्टि गर्दैनन् ।
199
114
1K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
एमसीसी सम्झौताका राष्ट्रघाती प्रावधानको विरोध गर्ने देशभक्त नेपालीलाई 'कुकुर' भन्ने नेकांका एक नेताको भनाई सुन्दा १९५० को असमान सन्धि, कोशी, गण्डकी, महकाली, कर्णाली र एमसीसीमा नेपाली कांग्रेसले विदेशीको भक्तिमा भुकेको र कलोमा झुकेको इतिहास ज्वलन्त भएर अगाडि आयो।
113
94
1K
@BhimRawal179
Bhim Rawal, PhD
5 years
अाफ्नो स्वार्थका लागि वाहृय शक्तिलाई रिझाउन पूर्व प्र.मं. तथा ने.का. सभापति शेर बहादुर देउवाले पदीय र कुटनीतिक मर्यादा विपरीत नवनियुक्त भारतीय विदेश मन्त्रीलाई पठाउनु भएको सन्देश कतिपय राजनीतिक नेताले देशको मर्यादालाई कसरी कमजोर बनाउँछन् भन्ने कुराको पछिल्लो उदाहरण हो ।
50
179
1K
@BhimRawal179
Bhim Rawal, PhD
2 years
प्रमं देउवालाई एमसीसी सम्झौता अनुमोदन गर्नैपर्ने विदेशी दवाव आएकोले त्यो नगर्ने हो भने गठबन्धन सरकार नै भंग गरिदिने रे!! एमसीसी चाहिन्न भन्ने स्वाधीन नेपाली जनमतको दवावलाई वेवास्ता गर्ने तर विदेशी दवाव सामु घुँडा टेक्ने देउवाजी नेपालीको प्रमं कि विदेशीको? जनतालाई जवाफ दिनुहोस् ।
159
117
1K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
कोही नेता कसैले अगाडि धकेल्दा धकेलिने रहेछन् भने पछाडि फर्काउन खोज्दा पछाडि पनि फर्किनु पर्ने हो।द्वन्द्वको स्थितिमा अलगिने मनस्थिति हुन्छ भने सहमति भइसकेपछि एक भई मेलमिलाप गर्ने कुरा मुख्य हुन्छ भन्ने सत्य बुझ्न धेरै अध्ययनको आवश्यकता हुन्न।जिम्मेवारीबोध महत्वपूर्ण कुरा हो।
443
133
1K
@BhimRawal179
Bhim Rawal, PhD
5 years
कुनै देशलाई समाप्त गर्नुछ भने त्यहाँको भाषा, संस्कृति, जीवन पद्दति र सामाजिक सद्भाव समाप्त गरिदिए पुग्छ भन्ने भनाईप्रति ध्यान दिनु बुध्दिमनी हुन्छ । संस्कृतिमा कुनै विकृति भए सुधारेर लैजानु पर्छ । जीवन पद्दतिलाई परिस्कृत र समयानुकूल तुल्याउँदै जानु पर्छ ।
69
224
1K
@BhimRawal179
Bhim Rawal, PhD
10 months
लामो समय पछि साउन ३० गते अपरान्ह नेकपा (एमाले) के.का. मा अध्यक्ष क. के.पी. ओलीसंग भेटवार्ता भयो।दुई घण्टा लामो कुराकानीमा भलाकुसारी, पार्टीमा भएका विगतका घटनाक्रम र राष्ट्रिय राजनीतिका विविध पक्षबारे सौहार्दपूर्ण रूपमा विचारको आदानप्रदान भयो।फेरी कुराकानी गर्ने गरी भेटघाट सकियो।
Tweet media one
185
48
1K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
आज बोलाईएको नेकपा स्थायी कमिटीको बैठक प्र.मं. र पार्टी अध्यक्ष के.पी. शर्मा ओलीको विरोधका कारण स्थगित भएको छ ।पार्टीको विधि, पद्धति र मान्यता अनुसार नचल्ने र आफुखुशी निर्णय गर्ने शैली र व्यवहारले नै पार्टीमा समस्या उत्पन्न भएका छन् ।विधान र पार्टी निर्णय कस्ता छन् हेरौंः
Tweet media one
208
133
1K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
एमालेको एकता जोगाउन वार्ता,सहमति,कमिटी बैठक र कार्यदलमा इमान्दारीका साथ भरमग्दुर प्रयास गरें।१० बुंदे सहमतिको कार्यान्वयनमा जोड दिएँ।तर आज स्थायी कमिटीको बैठकमा पार्टी अध्यक्षबाट नै १०बुंदे सहमतिको अैाचित्य नरहेको धारणा प्रकट भएपछि फरक मत दर्ज गर्दै कार्यदलबाट राजीनामा दिएको छु।
463
86
1K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
विदेशी ऋण लिने र देशको जनशक्ति विदेशमा पठाउने काममा गर्व गर्ने र यस्तो काममा होडबाजी गर्ने कार्य राष्ट्रिय हितमा छैन ।राष्ट्रिय स्रोतको अत्यधिक सदुपयोग र जनशक्तिलाई देशको विकास र उन्नतिका लागि परिचालन गर्ने कार्यले मात्र समृध्दि हासिल गर्दै राष्ट्रिय स्वाधीनता बलियो हुन्छ ।
115
101
1K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
बिहान प्रमं केपि ओलीजी,प्रचण्डजीसंग कुरा गर्न खुमलटार जानुभएछ।वामदेवजीको उपस्थितमा मिलौं भन्नुभएछ।हामीले खुमलटारमा प्रचण्डजीसंग भेट्दा बुर्लुक्क उफ्रिदै पुच्छर भए भन्नेहरू अबत चुप लाग्छन् कि? नेताहरू बीच कुराकानी हुनु र सहमति खोज्नु राम्रो हो।सहमति नभए विधिबाट समाधान खोज्नुपर्छ।
138
69
1K
@BhimRawal179
Bhim Rawal, PhD
3 years
जसपा (महन्थ पक्ष) लाई ८ मन्त्री र २ राज्यमन्त्री दिइने भन्ने त्यस पार्टीका एक नेताको भनाइ आयो।प्रमं केपीले लम्पसार नै हुनुछ भने जसपालाई २० मन्त्री दिएर बाँकी ५ मन्त्री आफुसंग राखेर पूरै समर्पण गरी धूपवत्ती गरे कसो होला! यसो गर्दा खुसी पार्नुपर्ने 'शक्ति' पनि मक्ख पर्ने!
287
105
1K
@BhimRawal179
Bhim Rawal, PhD
4 years
Letter of local district administration of India to Darchula district administration of Nepal is provocative & conspiratorial.Nepal government should take it seriously.Central government has the authority to handle border issues.Why the local authority of India wrote that letter?
65
126
1K