BBC News Nepali Profile Banner
BBC News Nepali Profile
BBC News Nepali

@bbcnepali

Followers
1,797,113
Following
0
Media
6,708
Statuses
46,444

नेपाल र विश्वका महत्त्वपूर्ण समसामयिक घटना र विषयवस्तुका समाचार सामग्रीका लागि सन् १९६९ देखि निरन्तर विश्वसनीय स्रोत (बीबीसी नेपाली सेवा । BBC News Nepali)

London, UK
Joined March 2009
Don't wanna be here? Send us removal request.
Explore trending content on Musk Viewer
@bbcnepali
BBC News Nepali
4 years
नेपालले आफ्नो राजनीतिक र प्रशासनिक नक्सा जारी गरेपछि भारतले त्यसलाई स्वीकार नगर्ने प्रतिक्रिया दिएको छ। तर उसले सीमासम्बन्धी विद्यमान विषयलाई कूटनीतिक वार्ताबाट समाधान गरिनुपर्ने बताएको छ। नेपालले अब के गर्नुपर्छ? कृपया आफ्नो धारणा लेख्नुहोस्।
496
193
2K
@bbcnepali
BBC News Nepali
4 years
नेपालको निशान छापमा कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नयाँ नक्सा राख्ने प्रस्ताव प्रतिनिधि सभाबाट पारित
39
227
2K
@bbcnepali
BBC News Nepali
1 year
काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई TIME म्यागजीनले सन् २०२३का विश्वका १०० उदीयमान नेताको सूचीमा समावेश हुँदा तपाईँलाई कस्तो लाग्यो? #BBCNepali #BalenShah #TIME100
Tweet media one
303
77
2K
@bbcnepali
BBC News Nepali
4 years
भारतले नेपालको नयाँ नक्सा नस्वीकार्ने प्रतिक्रिया दिएको छ।
227
122
1K
@bbcnepali
BBC News Nepali
4 years
नेपाल-भारत सीमा विवादको परिप्रेक्ष्यमा नेपाल सरकारले चालेका कदमहरू र सार्वजनिक गरेका अभिव्यक्तिहरू तपाईँलाई परिपक्व वा अपरिपक्व कस्तो लागेको छ? यो विवादलाई समाधान गर्न अब नेपाल सरकारले के कस्तो कदम चाल्नु उचित हुन्छ?
296
59
1K
@bbcnepali
BBC News Nepali
6 years
मिस वर्ल्ड प्रतियोगिताको अन्तिम चरण शनिवार चीनमा हुँदै गर्दा नेपालको प्रतिनिधित्व गर्दै चीनमा जारी सो प्रतियोगितामा सहभागी भएकी मिस नेपाल शृङ्खला खतिवडालाई तपाईँ के भन्न चाहनुहुन्छ? कृपया आफ्नो सुझाव दिनुस्। (फोटो: इन्स्टाग्राम)
Tweet media one
231
82
1K
@bbcnepali
BBC News Nepali
4 years
'अयोध्या नेपालमा रहेको' र 'राम नेपाली राजकुमार थिए' भन्ने प्रधानमन्त्री ओलीको दाबीमाथि नेपालभित्रै र भारतमा कस्तो प्रतिक्रिया आइरहेको छ?
180
80
1K
@bbcnepali
BBC News Nepali
4 years
कोरोनाभाइरस महामारीको डरका कारण स्थगित एसईई परीक्षा यसपालि नगर्ने र आन्तरिक मूल्याङ्कनका आधारमा विद्यार्थीहरूलाई कक्षा चढाउने निर्णय सरकारले गरेको छ। यो निर्णयबारे तपाईँको धारणा के छ? कृपया लेख्नुहोला।
214
63
1K
@bbcnepali
BBC News Nepali
4 years
जेठ ३२ गतेसम्म लकडाउन भएको अवस्थामा आन्तरिक राजस्व विभागले उद्योगी र व्यवसायीलाई जेठ २५ सम्म कर चुक्ता गर्न सूचना निकालेपछि त्यो चर्चाको विषय भएको छ। यस विषयमा तपाईँको धारणा के छ?
245
74
1K
@bbcnepali
BBC News Nepali
4 years
कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यान दिँदै नेपालमा 'लकडाउन' गरिएको एक महिना पुग्न लागेको छ। तर त्यसलाई क्रमश: खुकुलो पार्नुपर्ने धारणा पनि व्यक्त भएका छन्। यसलाई कसरी खुकुलो पार्नुपर्छ जस्तो लाग्छ? कृपया आफ्नो धारणा राख्नुहोस्।
250
69
991
@bbcnepali
BBC News Nepali
4 years
प्रधानमन्त्रीले कोरोनाभाइरस सन्दर्भमा सल्लाह गर्न बोलाएका विज्ञहरूमध्ये कोहीले लकडाउन गर्न, कसैले ‘स्मार्ट’ लकडाउन गर्न र अन्यले लकडाउन नगर्न सुझाव दिएको विवरण आएका छन्। कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या बढिरहेको बेला लकडाउनसम्बन्धी तपाईँको धारणा के छ? कृपया लेख्नुहोस्।
290
39
973
@bbcnepali
BBC News Nepali
4 years
कोरोनाभाइरस महामारी फैलिन नदिन लकडाउन लगाइएको बेला नेपालका विद्यालय र विश्वविद्यालयले पनि अनलाइन कक्षा सञ्चालन गर्न थालेका छन्। नेपालमा अनलाइन कक्षा कति प्रभावकारी हुन्छ जस्तो तपाईँलाई लाग्छ? कृपया आफ्नो अनुभव वा धारणा लेख्नुहोस्।
298
46
933
@bbcnepali
BBC News Nepali
4 years
राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को परीक्षा अनिश्चितकालको लागि स्थगित गरेको छ। एसईई पनि कोरोनाभाइरस प्रकोपको जोखिमका कारण स्थगित रहेको छ। यी परीक्षाहरूका बारेमा कस्तो निर्णय गर्दा उचित हुन्छ? तपाईँको धारणा लेख्नुहोस्।
169
50
916
@bbcnepali
BBC News Nepali
4 years
एसईईका सबै तयारी पूरा गरिसकेको अवस्थामा एक दिनअघि परीक्षा स्थगित हुँदा धेरै विद्यार्थी अन्योलको अवस्थामा छन्। विद्यार्थीको अन्योल हटाउन वा अध्ययनको निरन्तरताका लागि के कस्तो व्यवस्था गर्दा उचित हुन्छ? (तपाईँ एसईई दिन कुरिरहनुभएको विद्यार्थी हुन भएको भए कृपया उल्लेख गरिदिनुहोला।)
143
34
914
@bbcnepali
BBC News Nepali
4 years
नेपाल कम्युनिस्ट पार्टी भित्रबाटै प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने माग उठेको छ। सत्तारूढ दलमा उत्पन्न विवादले राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव पार्ला? कृपया आफ्नो धारणा लेख्नुहोला।
195
35
872
@bbcnepali
BBC News Nepali
6 years
नेपाली महिला क्रिकेट टोली थाईल्यान्डमा भइरहेको अन्तर्राष्ट्रिय प्रतियोगितामा लगातार ५ खेल जितेर फाइनलमा पुगेको छ। पुरुष टोली वा सन्दीप लामिछानेले खेल्दा जस्तो व्यापक चर्चा महिला टोलीको भएको छैन। महिला क्रिकेटले नेपाली क्रिकेटप्रेमीलाई किन उत्साहित नबनाएको होला?
Tweet media one
31
149
836
@bbcnepali
BBC News Nepali
4 years
भारतले नेपाली भूमिमा सडक निर्माण गरिरहेको विवरण आएपछि नेपालका सांसदहरूले सरकारले पर्याप्त प्रयास नगरेको भन्दै लिपुलेकको विषयलाई ‘अन्तर्राष्ट्रियकरण’ गर्नुपर्ने माग गरेका छन्। नेपाल र भारतबीच सीमा विषयमा पटकपटक विवाद हुँदै आइरहेको अवस्थामा यो विषयलाई कसरी समाधान गर्नुपर्छ?
128
65
805
@bbcnepali
BBC News Nepali
4 years
नेपालको नयाँ नक्सा निसान छापमा राख्न संविधान संशोधन गर्ने सरकारको निर्णय
16
86
813
@bbcnepali
BBC News Nepali
4 years
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले "नेपाल र भारतबीच देवीदेवताका पालादेखिको सम्बन्ध रहेको" भन्दै भारतमा कोरोनाभाइरसको जोखिम नसकिउन्जेल नेपालमा पनि नसकिने टिप्पणी गरेका छन्। मन्त्री ढकालको भनाइ तपाईँलाई कस्तो लाग्यो? कृपया आफ्नो धारणा लेख्नुहोस्।
193
33
794
@bbcnepali
BBC News Nepali
4 years
नेपालमा कोरोनाभाइरस सङ्क्रमण नदेखिएको क्षेत्रमा केही खुकुलो बनाउने चर्चा चलेको भए पनि सरकारले थप १० दिन देशव्यापी लकडाउन बढाउने निर्णय गरेको छ। लकडाउनलाई सरकारले अबको दिनमा कसरी व्यवस्थापन गर्नुपर्छ? कृपया आफ्नो धारणा लेख्नुहोस्।
174
55
789
@bbcnepali
BBC News Nepali
9 months
हर्क साम्पाङको पछिल्लो कदमबारे तपाईँ के भन्न चाहनुहुन्छ?
Tweet media one
305
25
767
@bbcnepali
BBC News Nepali
4 years
लकडाउन खुकुलो बनाएर सरकारी तथा अन्य कार्यालयहरू खुले पनि सार्वजनिक यातायात सञ्चालन भएको छैन। सार्वजनिक यातायात सञ्चालन नहुँदा तपाईँलाई के कस्तो मर्का परेको छ? सार्वजनिक यातायातको सम्बन्धमा कस्तो व्यवस्था गरिनुपर्छ?
110
26
739
@bbcnepali
BBC News Nepali
4 years
मास्टरशेफ यूकेमा उपविजेता बनेपछि सन्तोश शाहले के भने? हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ:
21
57
752
@bbcnepali
BBC News Nepali
5 years
प्रधानमन्त्रीले सोमवार आफ्नो ६९औँ जन्मदिन मनाउने क्रममा नेपालको नक्सा भएको केक काटेको विषयमा सामाजिक सञ्जालमा बहस भइरहेको छ। यस सम्बन्धमा तपाईँको धारणा के छ?
337
46
747
@bbcnepali
BBC News Nepali
4 years
कालापानी क्षेत्रमा नेपालीलाई नरोक्न नेपालले भारतलाई लेखेको जबाफी पत्रमा के छ?
Tweet media one
18
101
731
@bbcnepali
BBC News Nepali
5 years
गायिका आस्था राउतलाई विमानस्थलमा प्रहरीसँग दुर्व्यवहार गरेको र फेसबुकमा जथाभावी बोलेको आरोपमा चार दिन हिरासतमा राख्न सोमवार काठमाण्डू जिल्ला प्रशासनले अनुमति दिएको छ। यो विषयबारे तपाईँको धारणा के छ?
174
21
727
@bbcnepali
BBC News Nepali
4 years
नेपालमा कोभिड-१९ पुष्टि भएका व्यक्तिमध्ये अधिकांश भारतबाट फर्किएको बताइएको छ। यो साता भारतबाट ठूलो सङ्ख्यामा नेपालीहरू नेपाल फर्किएको समाचार आएको छ। यो अवस्थामा नेपालले उनीहरू तथा अन्यलाई कोरोनाभाइरसको जोखिमबाट बचाउन कस्तो उपाय अवलम्बन गर्नुपर्छ?
72
40
724
@bbcnepali
BBC News Nepali
5 years
नेपालमा जलविद्युत्‌को उत्पादन बढिरहेको र उपभोग नगरे उत्पादित विद्युत् खेर जाने देखिएको छ। घरायसी प्रयोजनमा बिजुलीको अत्यधिक प्रयोग गरेर उपभोक्ताले लाभ लिन सक्ने विज्ञहरूको धारणा छ। घरघरमा बिजुलीको उपभोग बढाउन के गर्न सकिएला? कृपया आफ्नो धारणा लेख्नुहोला।
228
48
719
@bbcnepali
BBC News Nepali
4 years
मन्त्रिपरिषद्ले सोमवार लिम्पियाधुरासम्म समेटिएको नेपालको नयाँ आधिकारिक नक्सा स्वीकृत गरेको थियो। मङ्गलवार संसद्‌मा प्रधानमन्त्रीले सो कार्य भारतले अतिक्रमण गरेका नेपाली भूमि फर्काउने प्रयास अघि बढाइएको कार्य भनेका छन्। यो विवाद सुल्झाउन अब नेपालले कस्तो कदम चाल्नुपर्छ?
101
35
711
@bbcnepali
BBC News Nepali
5 years
सरकारले चैत मसान्तसम्म सबै शैक्षिक संस्था बन्द गर्ने र एसईई लगायतका परीक्षासमेत स्थगित गर्ने निर्णय गरेको छ। कोरोनाभाइरसको सम्भावित सङ्क्रमणलाई विचार गरेर गरिएको यो निर्णयप्रति तपाईँको धारणा के छ?
131
30
717
@bbcnepali
BBC News Nepali
4 years
उद्धार गर्न जान यसरी उड्न सकिने प्रविधि!
15
135
691
@bbcnepali
BBC News Nepali
5 years
इरानसँगको तनाव बढ्दै गएपछि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका सांस्कृतिक स्थलहरू समेत निसानामा पर्ने बताएपछि त्यसको व्यापक विरोध भएको छ। सैन्य द्वन्द्वको अवस्थामा पुरातात्विक र सांस्कृतिक सम्पदा नष्ट गरिनुलाई ���पाईँ कसरी लिनुहुन्छ?
146
35
680
@bbcnepali
BBC News Nepali
4 years
सन्तोष शाह- 'ट्रफी नजिते पनि मैले नेपालीको मन जितेको छु।'
15
35
679
@bbcnepali
BBC News Nepali
4 years
नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुने व्यक्तिको सङ्ख्या क्रमशः बढिरहेको छ। यदि समुदायमा सङ्क्रमण फैलिएर नियन्त्रण हुन नसके स्थिति भयावह हुने विज्ञहरूको चिन्ता छ। तपाईँको विचारमा अब नेपालले कोरोनाभाइरस नियन्त्रणका लागि कस्तो रणनीति बनाउनुपर्छ?
156
24
667
@bbcnepali
BBC News Nepali
4 years
कोरोनाभाइरस महामारी फैलिएको बेला विदेशबाट फर्किने लाखौँ नेपालीलाई व्यवस्थापन गर्ने योजनासहित सरकारले सेना परिचालन गर्ने निर्णय गरेको बुझिएको छ। यो कार्यमा सेनाको भूमिका प्रभावकारी हुन्छ वा हुँदैन? कृपया आफ्नो धारणा लेख्नुहोला।
110
37
668
@bbcnepali
BBC News Nepali
4 years
नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक गरेको छ।
21
89
669
@bbcnepali
BBC News Nepali
4 years
यूएईस्थित नेपाली दूतावासमा सहयोग माग्न गएका यी नेपाली युवकको भिडिओ केही समयअघि भाइरल भएको थियो
46
135
662
@bbcnepali
BBC News Nepali
5 months
देशभरका अशक्त र गरिब बिरामीलाई काठमाण्डूमा निःशुल्क सेवा लिन बालेन गरेको आह्वानबारे तपाईँलाई लागेको कुरा लेख्नुहोस् #BBCNepali #BalenShah #Healthcare
Tweet media one
63
27
661
@bbcnepali
BBC News Nepali
17 days
'मैले खेल त्याग्न खोज्दा पनि आमाबुवाले त्याग्न दिनुभएन' : प्यारालिम्पिक्स पदक विजेता पलेशा गोवर्धन 🎥कमल परियार #BBCNepali #PaleshaGoverdhan #Paralympics2024
12
72
676
@bbcnepali
BBC News Nepali
5 years
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बालुवाटारस्थित ललिता निवासको सरकारी र सार्वजनिक जग्गा व्यक्तिहरूको नाममा सारिएको प्रकरणमा भ्रष्टाचार भएको भन्दै पूर्वमन्त्री, पूर्वसचिव र सरकारी कर्मचारीसहित १७५ जनाविरुद्ध मुद्दा दायर गरेको छ। यसबारे तपाईँको धारणा के छ? कृपया लेख्नुहोला।
163
32
648
@bbcnepali
BBC News Nepali
5 years
सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा नेपालीहरूले सकारात्मकभन्दा नकारात्मक सोच बढी राखेर आफ्ना धारणा अभिव्यक्त गर्ने गरेको कतिपयको आरोप छ। के नेपालीहरू सकारात्मकभन्दा नकारात्मक कुरामा बढी केन्द्रित छन्? तपाईँलाई के लाग्छ? कृपया आफ्नो धारणा लेख्नुहोस्।
199
55
644
@bbcnepali
BBC News Nepali
4 years
भारतमा रहेका हजारौँ नेपालीहरू भारतका विभिन्न स्थानमा सीमामा आउने क्रम जारी छ। कतिपय सीमापारी नै रहे पनि केही लुकीछिपी नेपाल छिर्दा कोरोनाभाइरस फैलिने जोखिम झन् बढेको विवरण आएका छन्। सीमासम्म आइपुग्ने नेपालीहरूलाई व्यवस्थित र सुरक्षित तरिकाले देशभित्र ल्याउन के गर्नुपर्छ?
85
38
634
@bbcnepali
BBC News Nepali
6 years
क्रिकेटमा राम्रो सम्भावना बोकेको नेपाल एशिया कप छनोटबाट बाहिरिएको छ। यस्ता अन्तर्राष्ट्रिय खेलमा नेपालको कमजोर पक्ष ब्याटिङलाई मानिन्छ। नेपालले ब्याटिङलाइ सुधार्न के गर्नुपर्ला? कृपया आफ्नो सुझाव दिनुहोला।
Tweet media one
161
35
634
@bbcnepali
BBC News Nepali
4 years
सरकारले हवाई उडान पुन: सञ्चालनमा ल्याउने मिति पर सार्दै भदौ मध्यसम्म विमानस्थल नखोल्ने निर्णय गरेको छ। विमान नचल्दा तपाईँलाई के कस्तो समस्या बेहोर्नुपरेको छ? कृपया आफ्नो अनुभव र धारणा लेख्नुहोस्।
107
14
627
@bbcnepali
BBC News Nepali
5 years
विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिएपछि 'नेपाल भ्रमण वर्ष २०२०' को प्रचारप्रसार स्थगित गरिएको छ। सङ्क्रमण देखिएका देशबाट नेपाल आउने यात्रुलाई अन-अराइभल भिसा नदिने घोषणा पनि सरकारले गरेको छ। यस विषयमा तपाईँको धारणा के छ?
91
51
618
@bbcnepali
BBC News Nepali
1 year
🎥 १९औँ एशियाली खेलमा नेपाललाई पहिलो पदक #BBCNepali #AsianGames2023 #Kabaddi
24
88
630
@bbcnepali
BBC News Nepali
4 years
अहिले नेपाल र विश्वका अन्य थुप्रै देशहरूमा कोरोनाभाइरसको सङ्क्रमण कम गर्न लकडाउन वा बन्दाबन्दी गरिएको छ। यो लकडाउनमा तपाईँ कसरी समय बिताइरहनु भएको छ? तपाईँले यो असहज समयलाई सहज बनाउन गरेका सिर्जनात्मक उपायहरू के के छन्?
103
25
620
@bbcnepali
BBC News Nepali
8 years
यमबुद्धको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली थप तलको लिङ्कमाः
Tweet media one
17
117
627
@bbcnepali
BBC News Nepali
5 years
बीबीसी नेपाली सेवा आजदेखि ५० वर्षमा प्रवेश गरेको छ। पहिलो रेडियो कार्यक्रम यस्तो थियो
27
136
623
@bbcnepali
BBC News Nepali
4 years
काठमाण्डूमा फेरि एक महिलामाथि एसिड आक्रमण भएको प्रहरीले बताएको छ। एसिड प्रहार गर्ने व्यक्ति पक्राउ परेका छन्। महिलाविरुद्ध यस्ता घटना किन दोहोरिन्छन् र तिनलाई रोक्न के गर्नुपर्छ? कृपया आफ्नो धारणा लेख्नुहोस्।
116
37
612
@bbcnepali
BBC News Nepali
5 years
१३ औँ दक्षिण एशियाली खेलकुद आज समापन हुँदैछ। विभिन्न शङ्का तथा उपशङ्का गरिँदागरिँदै पनि नेपालले आफ्नो इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो खेलकुद प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको छ। यो सफलताको जस कसलाई र किन जान्छ? कृपया आफ्नो धारणा लेख्नुहोस्। (तस्बिर: रासस)
Tweet media one
46
48
601
@bbcnepali
BBC News Nepali
6 years
सरकारले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको गतिविधिलाई नियन्त्रण गर्ने निर्णय गरेको छ। तपाईँको विचारमा यो निर्णयले कस्तो प्रभाव पार्ला?
174
35
599
@bbcnepali
BBC News Nepali
5 years
३४ वर्षमै प्रधानमन्त्री!
9
97
616
@bbcnepali
BBC News Nepali
4 years
कोभिड-१९ का कारण शैक्षिक संस्थाहरू बन्द भए पनि अनलाइन कक्षाहरू सञ्चालन हुँदै आएका थिए। तर मासिक शुल्कको विषयमा सरकारसँग सहमति हुन नसकेपछि निजी विद्यालयहरूले अनलाइन शिक्षण पनि बन्द गरेका छन्। त्यसबाट अभिभावक र विद्यार्थीमा अन्योल छाएको देखिन्छ। यस विषयमा तपाईँको धारणा के छ?
106
22
603
@bbcnepali
BBC News Nepali
6 years
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसै महिनाको अन्त्यमा जनकपुरबाट आफ्नो तेश्रो नेपाल भ्रमण सुरू गर्न लागेको तपाईंलाई कस्तो लागेको छ? कृपया आफ्नो विचार राख्नुहोस।
Tweet media one
357
30
593
@bbcnepali
BBC News Nepali
4 years
सीमा विवादलाई लिएर भारतमा नेपालको झण्डा जलाइएपछि सरकारले के गर्नुपर्छ?
93
44
598
@bbcnepali
BBC News Nepali
4 years
पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको आलोचना गर्ने क्रममा नेपालसँगको सीमा विवादको पनि चर्चा गरेका छन्।
14
57
596
@bbcnepali
BBC News Nepali
5 years
विश्वभरि कोरोनाभाइरस फैलिरहेको बेला नेपालमा पनि मास्क र स्यानिटाईजरको अभाव देखिन थालेको छ। अत्यावश्यक वस्तुको बजारमा अभाव हुन नदिन कसले के कदम चाल्नुपर्छ? कृपया आफ्नो विचार लेख्नुहोस्।
93
33
594
@bbcnepali
BBC News Nepali
4 years
नेपालमा कोरोनाभाइरसका कारण मृत्यु हुने बिरामीको सङ्ख्या बढिरहेको छ। स्वास्थ्यकर्मीहरू नै सङ्क्रमित भएपछि केही अस्पतालहरू पनि बन्द भएका छन्। यो परिस्थितिमा आफ्नो र समुदायको सुरक्षाका लागि के कुरामा ध्यान पुर्‍याउनुपर्छ भन्ने तपाईँलाई लाग्छ? कृपया आफ्नो धारणा लेख्नुहोस्।
84
35
591
@bbcnepali
BBC News Nepali
7 years
“नेपालको राजनीतिलाई मोड्ने क्षमता हामी राख्छौं भन्ने कुरा प्रमाणित भयो।“ हारपछि विवेकशील साझा पार्टीका रवीन्द्र मिश्र।
26
116
592
@bbcnepali
BBC News Nepali
4 months
नेदरल्यान्ड्ससँग नेपाल हार्दा पनि फ्यान किन निराश बनेनन्? भिडिओ : निरञ्जन राजवंशी सम्पादन : कमल परियार #BBCNepali #NepalCricket #T20WC2024
12
40
592
@bbcnepali
BBC News Nepali
6 years
यातायात क्षेत्रमा रहेको सिण्डिकेट तोड्न सरकारले चालेको कदमलाई तपाईँले कसरी लिनुभएको छ? त्यस्ता सिण्डिकेटका कारण तपाईँले बेहोर्नुपरेको समस्याबारे हामीलाई लेखेर पठाउनुहोस्।
Tweet media one
147
29
583
@bbcnepali
BBC News Nepali
1 year
सर्वोच्च अदालतको यो आदेश तपाईँलाई कस्तो लाग्यो? #BBCNepali #NepalConstitution #SupremeCourt
Tweet media one
178
31
579
@bbcnepali
BBC News Nepali
4 years
कोरोनाभाइरस सङ्क्रमणको जोखिम कम गर्न लगाइएको 'लकडाउन' नागरिकहरूले पूर्ण पालना नगरेको र प्रहरीले पनि सही व्यवहार गर्न नसकेका विवरणहरू आएका छन्। लकडाउनलाई प्रभावकारी बनाउन नागरिक र प्रहरीले के कस्तो भूमिका खेल्नुपर्छ? तपाईँको धारणा लेख्नुहोस्।
142
45
574
@bbcnepali
BBC News Nepali
5 years
कालापानी नेपालकै भएको भन्दै नेपाल सरकारको विज्ञप्ति
30
94
563
@bbcnepali
BBC News Nepali
4 years
अहिले पूरा विश्व कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गरिरहेको छ। यही बेला नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम र यसले ल्याउन सक्ने प्रभावका सम्बन्धमा तपाईँको धारणा के छ?
134
18
576
@bbcnepali
BBC News Nepali
6 years
जब डच प्रमले पोखिएको कफी आफैँ सफा गरे संसद्‌मा उनको कफी पोखियो। तर अरूले सफा गर्लान् भनेर छाड्नुको साटो नेदरल्याण्डसका प्रधानमन्त्री मार्क रुटले त्यसलाई आफैँ सफा गरे। संसद्का सफाइ कर्मचारीहरूले दङ्ग परेर ताली बजाए।
29
178
565
@bbcnepali
BBC News Nepali
6 years
दत्तचित्त भएर लाग्ने हो भने चियाको व्यापार‍ मात्रैले पनि छोराछोरी पढाउन र जग्गा किन्न पुग्ने गरी आर्जन गर्न सकिने उदाहरण दिएकी छन् विमला पराजुलीले। हेर्नुहोस् एक भिडिओ।
31
113
567
@bbcnepali
BBC News Nepali
4 years
नेपालमा लकडाउन सुरु भएको एक महिनाभन्दा बढी भइसक्दा पनि मानिसहरू एउटा ठाउँबाट अर्को ठाउँ जान छोडेका छैनन्। यो क्��म नरोकिँदा विज्ञहरूले कोरोनाभाइरस सङ्क्रमण नियन्त्रणको प्रयास प्रभावकारी नहुने चिन्ता व्यक्त गरेका छन्। यो परिस्थितिमा मानिसहरूको आवतजावतलाई कम गर्न के गर्न पर्छ?
76
31
554
@bbcnepali
BBC News Nepali
2 years
काठमाण्डू महानगरपालिकाले साधु सन्तबाहेक अन्य व्यक्तिलाई महानगरभित्र भीख माग्न रोक लगाउने सूचना प्रकाशित गरेको छ। महानगरको यो निर्णय तपाईँलाई कस्तो लाग्यो? कृपया लेख्नुहोस्।
Tweet media one
168
25
559
@bbcnepali
BBC News Nepali
6 years
शनिवारको खेलका ‘म्यान अफ द म्याच’ एबीडी भीलीयर्सले भनेका छन्, “लामिछाने भर्खरै १७ वर्षका छन् र उनले प्रशंसनीय खेल देखाएका छन्। यी केटाहरूले कसरी यस्तो खेल्छन् म आश्चर्यमा पर्छु।"
12
72
547
@bbcnepali
BBC News Nepali
6 years
गायक पशुपति शर्माले केही शब्दमा 'शुभचिन्तकहरूले असन्तुष्टि' व्यक्त गरेकाले परिमार्जन गर्ने भन्दै आफ्नो व्यङ्ग्यात्मक गीत युट्युबबाट हटाएको बताएका छन्। तर सत्तापक्षबाट धम्की र दबाव आएकाले उनी त्यसो गर्न बाध्य भएको दाबी सामाजिक सञ्जालमा गरिएको छ। यसबारे तपाईँको के धारणा छ?
Tweet media one
142
30
546
@bbcnepali
BBC News Nepali
6 years
जब ४५ देशमाझ नेपालको झन्डा ओढेर मैले राष्ट्रिय गीत गाएँ, त्यो शब्दमा बयान गर्न सक्दिनँ: एशियाली स्वर्ण पदक विजेता अजितकुमार यादव
21
62
544
@bbcnepali
BBC News Nepali
5 years
प्रदेश नं ३ को प्रदेशसभाले प्रदेशको नाम बागमती र राजधानी मकवानपुरको हेटौँडा राख्ने निर्णय गरेको छ। सो निर्णयका सम्बन्धमा तपाईँको धारणा के छ?
108
20
542
@bbcnepali
BBC News Nepali
4 years
हालै देशका विभिन्न शहरमा र सोमवार राजधानी काठमाण्डूमा राजतन्त्र समर्थकहरूले प्रदर्शन गरे। तपाईँले यसलाई कसरी हेर्नुभएको छ? कृपया आफ्ना धारणा लेख्नुहोस्।
Tweet media one
249
17
541
@bbcnepali
BBC News Nepali
5 years
कोरोनाभाइरसको विश्वव्यापी महामारीका माझ नेपालमा नागरिकको सुरक्षाका लागि सरकारले हिँडडुलमा रोक लगाएर लकडाउन लागु गरेको छ। यसको पूर्ण पालना गर्न नागरिकले आआफ्नो स्थानबाट के के गर्न सक्छन्? आफ्नो धारणा लेख्नुहोस्।
93
30
533
@bbcnepali
BBC News Nepali
4 years
सरकारले मास्क नलगाई घरबाहिर निस्किने व्यक्तिलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको छ। सार्वजनिक स्थलमा मास्क अनिवार्य बनाउने यो कदम कोरोनाभाइरस नियन्त्रणको अभियानमा कति र कसरी प्रभावकारी होला?
53
26
532
@bbcnepali
BBC News Nepali
4 years
कालापानी क्षेत्र नेपालको स्वामित्वमा भएको स्वीकारोक्ति गरिएको ऐतिहासिक पत्र
8
116
532
@bbcnepali
BBC News Nepali
6 months
🎥 भूकम्प जाँदा नवजातशिशुलाई जोगाउन ताइवानी नर्सको यस्तो प्रयास #BBCNepali #TaiwanEarthquake #Children
8
69
534
@bbcnepali
BBC News Nepali
4 years
लकडाउन अब केही खुकुलो पार्ने विषयमा सरकारले विचार गरिरहेको विवरण आएको छ। कोरोनाभाइरस सङ्क्रमण बढिरहेको अवस्थामा सबैले आफूलाई सुरक्षित राख्न झन् चनाखो हुनुपर्ने देखिन्छ। आफ्नो र घरपरिवारको सुरक्षाका लागि तपाईँले कस्तो उपाय अवलम्बन गर्नुभएको छ र अब के गर्नुपर्छ भन्ने लाग्छ?
59
25
528
@bbcnepali
BBC News Nepali
4 years
नेपालको नयाँ नक्सा अङ्कित गरी सङ्घीय संसद्का सदस्यहरूले लगाउने नयाँ प्रतीक चिह्न अर्थात् लोगो सार्वजनिक भएको छ। तर नयाँ लोगोबारे विभिन्न टीकाटिप्पणीहरू भएका छन्। नयाँ लोगोका सम्बन्धमा तपाईँको धारणा के छ?
102
22
523
@bbcnepali
BBC News Nepali
4 years
सरकारले कोरोनाभाइरस रोकथाम तथा नियन्त्रण अभियानमा देशभरि स्वास्थ्य स्वयंसेविका प्रयोग गर्ने निर्णय गरेको छ। तर स्वयंसेविका महिलाहरूले भने चिकित्सक र नर्सले नै यथेष्ट सुरक्षा साधन नपाएको बेला आफ्नो सुरक्षाको सुनिश्चितामा प्रश्न उठाएका छन्। यस विषयमा तपाईँको धारणा के छ?
85
23
526
@bbcnepali
BBC News Nepali
4 years
कोरोनाभाइरसको डर भएको भन्दै विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीले आफूलाई घरपतिले राम्रो व्यवहार नगरेको गुनासो गरेका छन्। कोरोनाभाइरस महामारीसँग सङ्घर्ष गर्न अत्यावश्यक स्वास्थ्यकर्मीले भोग्नुपरेको यो समस्यालाई कसरी समाधान गर्न सकिन्छ? कृपया आफ्नो धारणा राख्नुहोस्।
79
18
529
@bbcnepali
BBC News Nepali
5 years
विदेशी टीभी च्यानल विज्ञापनरहित हुनुपर्ने भन्दै सरकारले साउनबाट क्लिन फिड नीति लागु गर्ने तयारी गरेको छ। टीभी सेवा प्रदायकहरूले त्यो कुरा विदेशी च्यानलहरूको निम्ति अस्वीकार्य हुने भन्दै आफूहरूले लागु गर्न नसक्ने बताइरहेका छन्। क्लिन फिड नीतिका बारेमा तपाईँको धारणा के छ?
155
33
516
@bbcnepali
BBC News Nepali
4 years
लकडाउनको समयमा धेरै विद्यालयहरूले अनलाइन कक्षा सञ्चालन गरिरहेका छन्। सार्वजनिक विद्यालयहरूले समेत कुनै न कुनै रूपमा शिक्षालाई निरन्तरता दिनुपर्ने भन्दै छलफल भइरहेका छन्। सबैको इन्टरनेटमा पहुँच नभएको अवस्थामा शिक्षालाई कसरी निरन्तरता दिन सकिन्छ होला?
75
30
528
@bbcnepali
BBC News Nepali
4 years
एसएलसी दिएर काम खोज्न भारत भागेका मानबहादुर विश्वकर्मा कसरी नेपालको पहिलो दलित सचिव बने?
11
53
526
@bbcnepali
BBC News Nepali
8 years
बीबीसीबाट राजीनामा दिएका बीबीसी नेपाली सेवाका प्रमुख रवीन्द्र मिश्रसँगको ‘फेसबुक लाईभ’ आज दिउँसो ४ बजे। हेर्न र श्यर गर्न नबिर्सनुहोला।
Tweet media one
15
66
525
@bbcnepali
BBC News Nepali
4 years
कोरोनाभाइरस महामारीका कारण एसईई परीक्षा हुन नसकेपछि विद्यालयहरूले गरेको आन्तरिक मूल्याङ्कनका आधारमा नतिजा प्रकाशन भएको छ। तर अहिले यस विषयमा विभिन्न टीकाटिप्पणीहरू भइरहेका छन्। एसईई र यस वर्षको परिणामबारे तपाईँको धारणा के छ?
100
13
519
@bbcnepali
BBC News Nepali
5 years
चिनियाँ प्रधानमन्त्रीको नेपाल भ्रमण तय भएपछि काठमाण्डूका सडकहरूको मर्मत गर्ने कार्य शुरू भएको छ। अति विशिष्ट पाहुनाहरूको आगमन हुँदा मर्मत गर्न हतार गर्ने प्रवृत्तिबारे तपाईँको धारणा के छ?
158
29
511
@bbcnepali
BBC News Nepali
4 years
नेपालमा कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको सङ्ख्या बढिरहेको छ। सबै प्रदेशमा सङ्क्रमित फेला परेका छन्। सङ्क्रमणबाट जोगिन तपाईँले कस्तो सावधानी अपनाउनुभएको छ? कृपया लेख्नुहोस्।
65
19
523
@bbcnepali
BBC News Nepali
4 years
बधाई: मुस्कान खातुनलाई प्रतिष्ठित अमेरिकी अवार्ड
Tweet media one
20
31
517